Author: खबरमञ्च

झापा- झापाको कन्काई ६ मा दश दिनपछि हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेद्वारहरूले चुनावी घरदैलो अभियान सञ्चालन गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेको भोलिपल्ट बिहीबारदेखि उम्मेद्वारहरूले घरदैलो सुरु गरेका हुन् । नेकपा एमाले कन्काई ६ नं वडा कमिटी अध्यक्ष बृहष्पति ओलीको नेतृत्वमा वडा अध्यक्ष पदका एमाले उम्मेद्वार तुलाराम बस्नेतसहितले घरदैलो सुरु गरेका हुन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले आफ्नो चुनाव चिन्ह चापाकलसहित मतदाताको घर–घरमा भोट मागिरहेका छन् । त्यस्तै काँग्रेस उम्मेद्वार रामगोपाल ओलीले समूह बनाइ घरदैलो कार्यक्रम गरिरहेका छन् भने माओवादी उम्मेद्वार गणेशबहादुर थापाले पनि झण्डा र साउण्ड बक्ससहित सामूहिक रुपमा घरघरमा पुगेर भोट मागिरहेका…

Read More

झापा- झापाको बिर्तामोड नगरपालिकाले सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु गरेको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर बिहीबारदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो । शिविर प्रारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिइन् । छाडा कुकुरका कारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुने गरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपूर्ण रहेको उनले बताइन्। उनले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राखिन् । यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरिने पशुपंछि तथा मत्स्य विकास…

Read More

झापा- झापाको कनकाई ६ मा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका ९ जनाकै उम्मेदवारी कायम भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अपरान्ह सार्वजनिक गरेको अन्तिम नामावली अनुसार मनोनयनपत्र दर्ता गराएका सबैको उम्मेदवारी कायम भएको हो। वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका लक्ष्मीप्रसाद ओलीले ‘चापाकल’ चुनाव चिन्ह पाएका छन्। वडा अध्यक्षका लागि ८ वटा राजनीतिक दल र एकजना स्वतन्त्रसहित गरेर ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। सबैको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसो १ बजेसम्म इच्छुकका लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। तर, निर्धारित समयसम्म कसैले उम्मेदवारी फिर्ता लिएनन्।…

Read More

काभ्रेपलाञ्चोक- बीपी राजमार्गमा राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदैै राति सात घण्टा बन्द गरिने जनाएको हो । राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको हो । यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भइ अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा…

Read More

भद्रपुर (झापा)- झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुुसार जिल्लाको पुँजीगततर्फ रु १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कात्तिक मसान्तसम्म रु ७५ करोड ४८ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित रु १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् रु चार अर्ब ६४ करोड १७ लाख खर्च भएको छ”, उनले भने । समग्रमा चालु आब २०८१/८२ को कात्तिक मसान्तसम्म जम्मा २०…

Read More

संखुवासभा- बाटोको ट्रयाक खोल्ने क्रममा जेसीबी पल्टिएर संखुवासभामा अपरेटरको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मकालु गाउँपालिका वडा नम्बर २ सेदुवास्थित कास्वा हाइड्रोपावरको बाटोको ट्रयाक खोल्ने क्रममा सोमबार बिहान जेसीबी पल्टिएको थियो। दुर्घटनामा संखुवासभा मकालु गाउँपालिका वडा नम्बर २ सेदुवाका ३० वर्षीय सुरवीर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार ट्रयाकबाट जेसीबी करिब सय मिटर तल झरेर दुर्घटना भएको थियो । प्रहरी चौकी मकालुका प्रहरी सहायक निरीक्षक नन्दलाल चौधरीले यो घटना आज बिहान साढे १० बजे भएको हो। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरी घटनाको…

Read More

काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिए । पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता,…

Read More

काठमाडौँ- निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो । आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदान सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।…

Read More

झापा – झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रथम ‘बिर्तामोड झापा कप’ नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। झापा–११ फुटबल क्लबको आयोजनामा बिर्तामोड झापाकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो। आगामी मंसिर २९ गतेदेखि पुष ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट १० टिमको सहभागिता रहने आयोजकले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमसँग समन्वय गर्ने काम भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद १० लाख, आकर्षक ट्रफी तथा उपविजेताले नगद ५ लाख रुपैयाँ र ट्रफी पाउने छन्। लामो समयसम्म ‘बी’ डिभिजन फुटबल प्रतियोगिता नहुँदा झापा फुटबल क्लबका खेलाडीहरुमा नैराश्यता उत्पन्न भएको क्लबले जनाएको…

Read More

झापा- झापाको बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालले दाँतको पनि उपचार सेवा विस्तार गरेको छ। विश्वस्नीय दन्तसेवा प्रदान गर्ने उद्देश्यले नेशनल एडभान्स डेन्टल केयरको सेवा सुरु गरिएको अस्पतालका सञ्चालक विनोद दाहालले जानकारी दिए। आइतबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका आर्थिक सल्लाहकार शम्भुशरणप्रसाद कायस्थले उक्त डेन्टल केयरको उद्घाटन गरेका हुन् । नेपाल सरकारका पूर्व अर्थसचिव तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका कायस्थले अब बिर्तामोडमा नै विश्वस्तरीय दन्तसेवा सुरु भएकोमा खुशी व्यक्त गरे । बिर्तामोड आँखा अस्पतालसँगको सहकार्यमा अस्पतालको तेस्रो तलामा नेशनल एडभान्स डेन्टल केयरले सेवा आइतबारबाट सुरु गरेको हो । काठमाडौंमा एडभान्स डेन्टल केयरमा दुई दशकको सेवा र अनुभवका आधारमा बिर्तामोडमा…

Read More