Author: खबरमञ्च

काठमाडौँ- सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उनले स्पष्ट गरे । यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। अर्थमन्त्रालयसम्बद्ध…

Read More

झापा- लागुऔषध ब्राउनसुगर बिक्री गर्दै आएकी मेचीनगर १३ चारआलीकी एक महिला पक्राउ परेकी छन् । गएराति १०.३० बजे मेचीनगर १३ चारआली बस्ने अन्दाजी २५ वर्षीया लुबी कामाईको घरमा लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले खानतलासी लिएको थियो । त्यसक्रममा उनी सुत्ने कोठाबाट खैनीको प्याकेटभित्र राखिएको प्लाष्टिकसहित ६३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारी राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारत नागाल्याण्ड माइत भएकी कामाईले आफ्नो घरमा लागुऔषध बिक्री गर्दै आएको खुलेको थियो ।

Read More

झापा- बिर्तामोड नगरपालिका वडा न.३ बिर्ताबजार बस्ने ३८ वर्षीय सूर्य भन्ने गंगाबहादुर लिम्बू आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत फेला परेका छन् । घरमा एक्लै बस्दै आएका लिम्बू मृत फेला परेको भन्ने खबर आज राति ८ः५० बजे छिमेकीहरुले प्रहरी चौकी बिर्ताबजारमा जानकारी गराएका थिए । प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम बिष्टको टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको जनाइएको छ ।

Read More

झापा- मोफसलको चर्चित क्लब झापा ११ एफसीले भारतको सिक्किममा भएको १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो। उपाधिसँगै झापा ११ ले ट्रफीसहित २० लाख भारतीय रुपैयाँ प्राप्त गर्यो। उपविजेतामा सीमित चर्च ब्वाइज युनाइटेडले १० लाख भारतीय रुपैयाँमा चित्त बुझायो। झापालाई जित दिलाउन प्रदिप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे। प्रदिपले २० औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए। सन्तोषले ७० औँ मिनेटमा गोल गरेपछि झापाको जित थप सहज बन्यो। सन्तोष प्लेयर अफ द म्याच घोषित…

Read More

झापा- शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन्। “स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो”, उनले भनिन्, “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।” नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र…

Read More

काठमाडौँ- झापाका प्रहरी उपरीक्षक मिलन केसी सशस्त्र प्रहरी बलद्वारा सम्मानित भएका छन्। सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले केसीलाई मंगलबार सम्मान गरेका हुन् । २४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच केसीलाई अर्यालले सम्मान गरे । अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपीएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरे । सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै केसीलाई उक्त सम्मान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । केसी एक वर्षदेखि झापा जिल्ला प्रहरी कार्यालयमा कार्यरत् रहेका छन् । उनले झापामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी…

Read More

काठमाडौँ- सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतमा हाजिर हुन उनी मंगलबार अपराह्न काठमाडौंबाट भैरहवा पुगेका हुन्। उनी भोलि बुधबार अदालतमा उपस्थित हुनेछन्।  पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने मंगलबार भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बस्ने बताइएको छ। त्यहाँ उनले कार्यकर्तासँग भेटघाटसमेत गर्ने भैरहवास्थित रास्वपाका नेताहरूले बताएका छन्। लामिछानेमाथि रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। बुधबार अदालतमा हाजिर भएपछि सुरुमा उनको बयान हुनेछ । त्यसपछि थुनछेक बहस प्रारम्भ हुनेछ। लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो। लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला…

Read More

झापा- झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव मंगलबारबाट सुरु भएको छ। महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन्। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उद्योगी–व्यवसायीलाई आगामी वर्ष दस करोड रुपैयाँ भन्दा माथिका सामुहिक योजना प्रदेश सरकारसमक्ष पेश गर्न आग्रह गरेका छन्। सरकारको नीति र योजना पनि औद्योगिक र पर्यटन क्षेत्रको प्रवर्द्धनमा नै लक्षित रहेको उनले बताए। एसियन हाइवेको निर्माणपछि सिंगो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भावना रहेको उनको भनाइ थियो। ‘व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको छ’, कार्कीले भने, ‘आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्छ…

Read More

झापा- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा उनलाई कारवाही गरिएको हो। लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।‘जय ट्रफीका बेला सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको हो’ छुम्बीले भने । सन्दीपले अब…

Read More

विराटनगर- कोशी प्रदेशसभाको मंगलबारको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक विचार गरियोस् भनी सभामा पेस गरेका थिए । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामका तर्फबाट मन्त्री भण्डारीले ‘प्रदेश जीव नाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस गरे । उनले संविधानमा साझा अधिकारभित्र परेको यो ऐनमार्फत विषादीको प्रयोग, आयात, वितरण र भण्डारण, नवीकरणजस्ता विषयलाई व्यवस्थित गर्न ऐन आवश्यक भएको बताए। छलफलमा प्रदेशसभा सदस्य रमेशकुमार वस्नेत र किशोरचन्द्र दुलालले प्रस्तुत ऐन…

Read More