झापा- लागुऔषध ब्राउनसुगर बिक्री गर्दै आएकी मेचीनगर १३ चारआलीकी एक महिला पक्राउ परेकी छन् ।
गएराति १०.३० बजे मेचीनगर १३ चारआली बस्ने अन्दाजी २५ वर्षीया लुबी कामाईको घरमा लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले खानतलासी लिएको थियो ।
त्यसक्रममा उनी सुत्ने कोठाबाट खैनीको प्याकेटभित्र राखिएको प्लाष्टिकसहित ६३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारी राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारत नागाल्याण्ड माइत भएकी कामाईले आफ्नो घरमा लागुऔषध बिक्री गर्दै आएको खुलेको थियो ।
Facebook Comments Box