काठमाडौँ- झापाका प्रहरी उपरीक्षक मिलन केसी सशस्त्र प्रहरी बलद्वारा सम्मानित भएका छन्।
सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले केसीलाई मंगलबार सम्मान गरेका हुन् ।
२४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच केसीलाई अर्यालले सम्मान गरे । अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपीएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरे ।
सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै केसीलाई उक्त सम्मान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
केसी एक वर्षदेखि झापा जिल्ला प्रहरी कार्यालयमा कार्यरत् रहेका छन् । उनले झापामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
सोही अवसरमा प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, प्रहरी उपरीक्षक कुमोध ढुंगेललगायत प्रहरी अधिकृतलाई समेत सम्मान गरिएको थियो ।