Author: खबरमञ्च

झापा- झापाको कनकाई नगरपालिका वडा नं ६ को वडाध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन्। स्थानीय तह उपनिर्वाचन अन्तर्गत यही मंसिर १६ गते हुने मतदान हुँदैछ। आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ९ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए। उनका अनुसार स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायण निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजंवशी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका हुन् । ९ जना उम्मेद्वारमध्ये ८…

Read More

झापा- काँकरभिट्टा नाकाबाट मलद्वारमा लागुऔषध लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदा सुरक्षित हुने ठानेर त्यस उपायलाई धेरैले अपनाउन थालेपछि सशस्त्र प्रहरीले शिकारी कुकुरको सहयोगमा त्यस्ता कारोबारीहरुलाई पक्राउ गरेको हो । गत साउन १ देखि कात्तिक ३० गतेसम्म मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले जनाएको छ । कारोबारीले प्लाष्टिकमा पोको पारेर मलद्वारमा ३५ ग्रामसम्म ब्राउनसुगर ल्याउने गरेको पाइएको छ । गुल्मले चार महिनाको अवधिमा लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेकोमा २३ जना मलद्वारमा ल्याउनेहरु रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना…

Read More

झापा- झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ६ः२० बजे मेचीनगर नगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट इलाम रोङ गाउँपालिका वडा नं ३ कोल्बुङ बस्ने अन्दाजी ५५ वर्षीय इन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियोे । मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी ५२ वर्षीय गणेश राजवंशीसमेत घाइते भएका छन् । हात खुट्टा, अनुहार र…

Read More

झापा- आगामी मंसिर १६ गते कन्काई ६ मा हुन गइरहेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कन्काई नगरपालिका ६ नं वडा कार्यालयको पहिलो तलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । झापा जिल्ला अदालतका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जनाइएको छ । उपनिर्वाचनका लागि कन्काई ६ मा दुई हजार ५८ जना मतदाता छन् । कन्काई ६ मा गत २०७९ भएको स्थानीय तह निर्वाचनमा एक हजार पुरुष र एकहजार ५० महिला गरी कुल…

Read More

काठमाडौँ- ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले चलचित्र प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् । शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले यसबारे जानकारी दिएको हो । केही सिनेमा घरहरुले चलचित्र हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माण पक्षलाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराए पनि निर्माणपक्षले उक्त रिपोर्टमा असहमति जनाउँदै ती हलहरुबाट शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ- मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ । उद्धार हुनेहरुमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानवसेवा आश्रमद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । उद्धार गरिएकाहरुमा कोसी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी…

Read More

गण्डकी- सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि पोखरा ल्याइएको हो । अनुसन्धानका सन्दर्भमा उनलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । दिउँसो १ः३० बजेको यति एअरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुुमार शर्माले जानकारी दिए ।

Read More

झापा- झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा अर्का एक पुरुष पनि पक्राउ परेका छन्। पक्राउ पर्ने दमककै बुद्धिमान थापा पक्राउ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्ने थापा प्रदेश सांसद होम थापाका सहोदर भाइ र नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाका सहोदर दाजु हुन् । राजनीतिमा निकै प्रभाव जमाएका दमक ८ का थापा परिवारका बुबा हरिश्चन्द्र थापाको १५ दिनअघि निधन भएपछि फरार सूचीमा रहेका बुद्धिमानलाई प्रहरीले काजकिरिया सकिएपछि बिहीबार पक्राउ गरेको हो । उनीहरु दाजुभाइ सपरिवार दमक ८ स्थित निवासमा स्वर्गीय बुबाको काजकिरियामा रहेका थिए । थापाका बुबाको १३ औं दिनको…

Read More

झापा- अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत सहभागितामा आगामी मङ्सिर २ गतेदेखि पुसको दोस्रो हप्तासम्म उक्त कार्यक्रम हुने भएको हो । झापा, ताप्लेजुङ र तेह्रथुमका स्थानीय तहको प्रत्येक वडामा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि शिविर आयोजना गर्ने तयारी भइरहेको करुणा फाउण्डेसन नेपाल कोशीका कार्यक्रम संयोजक कमल कोइरालाले बताए । उनले कार्यक्रममा नवजात शिशु, १० वर्षमुनिका बालबालिकाको परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, श्रवणयन्त्र, ह्वीलचियर, कृत्रिम हातखुट्टाको नापजाँच, विद्यालय भर्नालगायत सेवा उपलब्ध…

Read More

काठमाडौँ- सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्‍याएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी बोगटी रहेकी केन्द्रीय साइबर ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालले जानकारी दिए। उनले भने, “निजकुमारी जानकी बागटीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्‍याउनुका साथै सामाजिक जीवनमा गम्भीर असर पुर्‍याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्यूरोमा पीडित महिलाको निवेदन प्राप्त भएपछि पक्राउ गरिएको हो ।” जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँमा ल्याइ जिल्ला…

Read More