गण्डकी- सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि पोखरा ल्याइएको हो ।
अनुसन्धानका सन्दर्भमा उनलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो ।
दिउँसो १ः३० बजेको यति एअरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुुमार शर्माले जानकारी दिए ।
Facebook Comments Box
