Author: खबरमञ्च

झापा- झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ। काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ। पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बीर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ। पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलहरूमाथि कारबाही अघि बढाइएको काउन्सिलले जनाएको छ। काउन्सिलले…

Read More

काठमाडौँ- पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ । मंगलबार भएको वार्ताबाट उक्त सहमति भएको हो । ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले विरोध गर्दै आएका थिए । यस विषयमा द्वन्द्वसमेत भइरहेको अवस्थामा गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच भएको सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ…

Read More

झापा- झापाको कनकाई नगरपालिका ४ मा प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । मंगलबार साँझ कन्काई ४ मा दुईजनाले लागुऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थियो । त्यसक्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । फेरि पनि भाग्न नछाडेपछि दुई राउन्ड गोली हानेर लागुऔषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । एकजनाको खुट्टामा दुई गोली लागेको छ । दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले…

Read More

झापा- भोजपुरको भोजपुर नगरपालिका– २ मा शौचालयको भेन्टिलेसनमा टाउको अड्केर ७ वर्षीया बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो १२.३० बजे भोजपुर– २ हेलौछा बस्ने निर्मल भुजेलकी ७ वर्षकी छोरी विष्णुकुमारी भुजेल आफ्नै घरनजिकको शौचालयको भेन्टिलेसनमा टाउको अड्की मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिएर घटनाबारे अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Read More

झापा- नोभा फाउन्डेशन प्रालि तथा लाइमलाइट एजुकेशनको नयाँ कार्यालयको स्थापना भएको छ। सोमबार सरस्वती पूजाको अवसर पारेर दुई संस्थाका संयुक्त कार्यालयको उद्घाटन गरिएको हो। बिर्तामोड वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंले उक्त नयाँ कार्यालयको उद्घाटन गरे। दुई संस्थाको नयाँ कार्यालय बिर्तामोड ५ मा रहेको देबी माबिसँगै जोडिएको उत्तरपट्टिको भवनमा रहेको छ। नोभा फाउण्डेशनले स्वदेशमै बसेर केही गर्न चाहनेहरूका लागि मानव स्रोतका कार्यक्रमहरू गर्दै आएको छ भने लाइमलाइटले विदेश अध्ययन गर्न जाने विद्यालयहरूका लागि परामर्श सेवा दिँदै आएको दुईवटै संस्थाका सञ्चालक प्रकाश पराजुलीले जानकारी दिए। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, वडा सदस्य ओमभक्त सेडाईं, नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र…

Read More

नवीन उप्रेती झापा– झापाको भद्रपुर–१ (पृथ्वीनगर बनियानी) स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक महोत्सव हुने भएको छ। मन्दिर स्थापनाको ५४ वर्षको उपलक्ष्यमा श्रीमत्तारतम ब्रह्मवाणी चर्चा तथा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको हो। धार्मिक चेतनाको दीप प्रज्वलन गर्दै अध्यात्मको अनुपम स्रोत खोल्ने यो अवसर आगामी फागुन ३ देखि ९ गते (फेब्रुअरी १५–२१, २०२५) सम्म जारी रहनेछ। यस विराट अनुष्ठानले केवल झापा मात्र नभई, समस्त नेपाल र भारतभरिका कृष्णभक्तहरूलाई जोड्ने महायात्राको रूपमा लिइएको छ। यस ज्ञान महायज्ञमा श्रीकृष्ण प्रणामी धर्मका परम पूजनीय धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराज (श्री ५ नवतनपुरीधाम, जामनगर) तथा आचार्य श्री १०८ सूर्यनारायणदासजी…

Read More

काठमाडौँ- वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ । अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो…

Read More

झापा- झापाको बिर्तामोडमा प्रथम महिला अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ देखि फागुन ५ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो । महिला खेलाडीहरुको उत्पादनमा सहयोग, प्रवर्द्धन एवम् प्रोत्साहन गर्ने उद्धेश्यले प्रथम महिला अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आइतवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले बताए । प्रतियोगितामा जिल्लाका १५ पालिकामध्ये बिर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी नगरपालिका तथा झापा, कमल र बुद्धशान्ति गाउँपालिकाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताका लागि ३४ लाख ६६…

Read More

झापा- झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आइतबार दिउँसो १ः१५ बजेदेखि दमक –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको बिच भागमा टायर बाली अवरोध गर्न खोजेका थिए । त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ताहरुले प्रहरीमाथि ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट मे १ च ५१६१ नं को स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३ सेल अश्रुग्यास प्रहार गरेको छ भने केही बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगेको छ । त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो ।…

Read More

झापा- घरका सम्पूर्ण सदस्य भारत कुम्भमेलामा गएको अवस्थामा झापा बिर्तामोडका पप्पु बिन्दलको घरमा आगलागी भएको छ। शनिबार साँझ अन्दाजी ७:३० बजे बिर्तामोड ५ शनिश्चरे रोडमा रहेको बिन्दलको घरमा कोही नभएको अवस्थामा घरको पुजा कोठाबाट आगो सल्किएको हो। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ७:४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ। घरमा परिवारका सदस्य कोही नभएका कारण क्षतिको विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More