झापा- नोभा फाउन्डेशन प्रालि तथा लाइमलाइट एजुकेशनको नयाँ कार्यालयको स्थापना भएको छ।
सोमबार सरस्वती पूजाको अवसर पारेर दुई संस्थाका संयुक्त कार्यालयको उद्घाटन गरिएको हो।
बिर्तामोड वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंले उक्त नयाँ कार्यालयको उद्घाटन गरे। दुई संस्थाको नयाँ कार्यालय बिर्तामोड ५ मा रहेको देबी माबिसँगै जोडिएको उत्तरपट्टिको भवनमा रहेको छ।
नोभा फाउण्डेशनले स्वदेशमै बसेर केही गर्न चाहनेहरूका लागि मानव स्रोतका कार्यक्रमहरू गर्दै आएको छ भने लाइमलाइटले विदेश अध्ययन गर्न जाने विद्यालयहरूका लागि परामर्श सेवा दिँदै आएको दुईवटै संस्थाका सञ्चालक प्रकाश पराजुलीले जानकारी दिए।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, वडा सदस्य ओमभक्त सेडाईं, नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम लाइमलाइटका सिइओ दिपक वाग्लले सञ्चालन गरेका थिए।