झापा- घरका सम्पूर्ण सदस्य भारत कुम्भमेलामा गएको अवस्थामा झापा बिर्तामोडका पप्पु बिन्दलको घरमा आगलागी भएको छ।
शनिबार साँझ अन्दाजी ७:३० बजे बिर्तामोड ५ शनिश्चरे रोडमा रहेको बिन्दलको घरमा कोही नभएको अवस्थामा घरको पुजा कोठाबाट आगो सल्किएको हो।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ७:४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ।
घरमा परिवारका सदस्य कोही नभएका कारण क्षतिको विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box