Author: खबरमञ्च
झापा- भारतको प्रयागराजस्थित महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कोरपियो दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ। महोत्तरी मनरा कट्टी नगरपालिकाका तीर्थालुहरू सवार रहेको बीआर ३२ पीए ४६६१ नम्बरका स्कोरपियो विहारको मुजफ्फरपुरमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो। दुर्घटनामा दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ। तीव्र गतिमा रहेको स्कोरपियो अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै विहार मुजफ्फरपुर जिल्लाका प्रहरी उपअधीक्षक विनीता सिन्हाले पीटीआईसँग बताएकी छन्। मोटरसाइकललाई बचाउन खोज्दा स्कोरपियो अनियन्त्रित बनेको थियो। ‘पाँच जनाको घटनास्थलमै मृत्यु भयो। जसमध्ये तीन जना महिला छन्। चार जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई पटनाको…
झापा- कुकुरले टोकेर झापाको कनकाई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भइ हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो । विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो । बालकलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमक (झापा)- कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
झापा- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् । स्थापना भएको २५ वर्षपछि आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन फोनिजको नेतृत्व आदिवासीको हातमा गएको हो । शनिवार बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनले अर्जुन राजवंशीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सुजन राई, सौरभ मुखिया ‘ए’, मिना नेम्बाङ, सुमन बेघा र डिके शेर्मा रहेका छन् । त्यस्तै अधिवेशनबाट ८ जनालाई केन्द्रीय…
झापा- झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो संख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक–एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच–पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई–दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला…
झापा- झापाको दमक १० मा बाबुको शंकास्पद मृत्यु भएपछि छोरालाई प्रहरीले पक्राउ गरेको छ । दमक १० परेवाडाँगीका अन्दाजी ५८ बर्षिय डेनी बर्देवाको मृत्यु शंकास्पद भएको भन्दै मृतकका छोरा ३२ बर्षीय नवीन बर्देवालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो । घर अगाडि नालीमा अचेत अवस्थामा भेटिएका बर्देवालाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । बर्देवाको सो अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो । तर उनलाई परिवारले आर्थिक कारण देखाएर घरमै लिएर आएका थिए । उनको बुधबार दिउँसो घरमै मृत्यु भएको हो । गएराति मादक पदार्थ सेवन गरेर बाबछोराबीच झगडा भएको र छोराले…
झापा- झापाको बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ । माघ २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको भोलि बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कलशमा गंगाजल अर्पण गरेर निशान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । बिहान ८ बजे बिर्तामोड ५ स्थित बालाजी मन्दिर परिसरमा आयोजना हुने कार्यक्रमकाबीच सभामुख घिमिरेले कलशमा गंगाजल अर्पण गरेपछि शोभायात्रा प्रारम्भ हुने र पाँच सयभन्दा बढी भक्तजनको सहभागितामा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर कलशयात्रा बिसर्जन हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक रोनक वंशलले जानकारी दिए । जसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आचार्य आशुुतोष खनालको…
झापा- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदको बलिदानका कारण मुलुकमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा उज्यालो युग आएको बताएका छन्। उनले स्वास्थ्य उपचारका क्षेत्रमा नागरिकले पाइरहेको सुविधा सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्थाको प्रतिफल भएको धारणा व्यक्त गरे । ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले विर्तामोड नगर अस्पताललाई सहिद दिवसको अवसर पारेर आज प्रदान गरेको चिकित्सा सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए।“विसं २०४० तिर विर्तामोडमा उपचार गर्ने ठाउँ नभएर मानिस भारतको सिलिगुढी जान बाध्य थिए”, अहिले झापा स्वास्थ्य क्षेत्रको केन्द्र बनिरहेको उदाहरण दिँदै उनले भने, “अहिले आँखा र क्यान्सरको उपचार गर्न भारतबाट मानिसहरू विर्तामोड आउने गरेका छन्…
काठमाडौँ- सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति आपत्ति जनाइएको हो। पत्रकार महासंघलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफल नै नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघले आपत्ति प्रकट गरेको हो ।
झापा- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जिल्ला प्रशासन कार्यालय झापाबाट राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। गृहजिल्ला झापामा आयोजित कार्यक्रमहरूमा सहभागिता जनाउन आएका सभामुख घिमिरेले बुधबार जिल्ला प्रशासन कार्यालय झापाबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका हुन्। राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका सभामुख घिमिरेलाई प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी हस्तान्तरण गरे।