झापा- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जिल्ला प्रशासन कार्यालय झापाबाट राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्।
गृहजिल्ला झापामा आयोजित कार्यक्रमहरूमा सहभागिता जनाउन आएका सभामुख घिमिरेले बुधबार जिल्ला प्रशासन कार्यालय झापाबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका हुन्।
राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका सभामुख घिमिरेलाई प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी हस्तान्तरण गरे।



Facebook Comments Box