काठमाडौँ- सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति आपत्ति जनाइएको हो।
पत्रकार महासंघलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफल नै नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघले आपत्ति प्रकट गरेको हो ।

Facebook Comments Box
