Author: खबरमञ्च

भद्रपुर (झापा)- भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको थियो । नगरप्रमुख गणेश पोखरेलका अनुसार यो कार्यक्रम किसानलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउनका साथै व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्न सञ्चालन गरिएको हो । किसानको उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले छिट्टै विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ । पालिकाले उपलब्ध गराएको अनुदानपछि स्थानीय भद्रपुर–३ बेसाबारीका किसान मेवा गणेशले १० कट्ठा जमिनमा आलुखेती गरेर रु तीन लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए। “आलुखेती आम्दानीको भरपर्दो स्रोत बनेको छ, बजारको समस्या छैन”,…

Read More

झापा- एक सातादेखि बेपत्ता रहेका झापा मेचीनगर नगरपालिका वडा न. ७ पाथीभरा टोल बस्ने ४६ वर्षीय जीवनराज पाण्डे भान्सा कोठामा मृत फेला परेका छन् । ६–७ दिनदेखि पाण्डेलाई गाउँघरमा नदेखेपछि स्थानीयहरूले अस्थाई प्रहरी पोष्ट इटाभट्टामा जानकारी गराएका थिए । शुक्रबार बिहान ११ः३० बजे अस्थाई प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी टोलीले गएर हेर्दा ढोका भित्रबाट ताला लगाएको भेटिएको थियो । जनप्रतिनिधि र स्थानीयसहितले पाण्डेको घरको ढोका फोडी हेर्दा उनी भान्सा कोठामा लडी मृत अवस्थामा रहेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग (क्याल फायर)का अनुसार बुधबार बिहान लस एन्जलस काउन्टीमा द्रुत गतिमा फैलिएको डढेलोले ८ हजार ९६ एकड (३२.७६ वर्ग किलोमिटर) सम्म फैलिएको बताएको छ । क्याल फायरले रिपोर्ट गरेअनुसार ह्युजेस फायर नामक आगो लस एन्जलस शहरबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा रहेको कास्टेइक ताल नजिकैको लेक ह्युजेस रोड क्षेत्रमा लागेको थियो । दक्षिणी क्यालिफोर्नियाको पछिल्लो डढेलो सुख्खा वनस्पति र सान्ता आना हावाका कारण द्रुत गतिमा फैलिएको बताएको छ । जसमा लगभग १९ हजार बासिन्दाहरू अनिवार्य निकासी आदेशमा छन् । कास्टेइकमा रहेको पिचेस डिटेन्सन सेन्टरले ४७६ कैदीहरूलाई नजिकैको उत्तरी काउन्टी सुधार सुविधामा सारेको छ । लस एन्जलस…

Read More

टर्कीको झण्डावाहक टर्किस एयरलाइन्सले बिहीवार दमास्कसका लागि सिधा उडान पुनः सुरु गरेको छ । जसले लगभग १३ वर्षको अन्तराल समाप्त गरेको छ । वाहकले इस्तानबुलबाट दमास्कसको लागि हप्तामा तीन उडानहरू सञ्चालन गर्नेछ । २०११ मा सिरियाली द्वन्द्व शुरु भएदेखि नै अन्तर्राष्ट्रिय एक्लोपनको सामना गरिरहेको सिरियाली सरकारसँगको सम्बन्ध सामान्यीकरण गर्न व्यापक क्षेत्रीय दबाबको बीचमा यो पुनः शुरु भएको हो । टर्किस एयरलाइन्सले अन्तिम पटक मार्च ३१, २०१२ मा सिरियाको लागि उडान गरेको थियो । पूर्व सिरियाली राष्ट्रपति बसर अल–असदलाई पदच्युत गरेको केही समयपछि टर्कियले डिसेम्बर १४, २०२४ मा दमास्कसमा आफ्नो दूतावास पुनः खोलेको थियो । 

Read More

झापा- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा कांग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि मुक्का हान्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू रिहा भएका छन्। प्रमुख जिल्ला अधिकारीको इजलासमा बिहीबार भएको बयानपश्चात उनीहरू २५/२५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दायर गरेको छ। नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरू शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठसँग प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बयान लिएका हुन्। अभद्र व्यवहार गरेको कसूरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले ३ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान गरेको थियो। पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता…

Read More

झापा- झापाको बिर्तामोडमा रहेको अग्रसेन भवन नजिकै गायत्री माताको मन्दिर स्थापना गरिएको छ। २ करोड ५० लाख रुपैयाँको लागतमा गायत्री माता मन्दिर स्थापना भएको हो। युवा उद्यमी रोनक बंशलको अगुवाइमा गायत्री माताको मन्दिर स्थापना भएको हो। उक्त मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा पाँच दिने कार्यक्रम आयोजना गरिने बिहीबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा बंशलले जानकारी दिए। माघ १७ गते प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेको उपस्थितिमा कलशयात्रा गरिने र माघ २१ गते मन्दिरको प्राण प्रतिष्ठा गरिने उनले बताए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको हातबाट प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए। अनुष्ठानकै क्रममा माघ २० गते नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको…

Read More

जनकपुरधाम- मधेस सरकारले ल्याएको मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरूले मधेसका मुख्यमन्त्री तथा शिक्षा र संस्कृतिमन्त्रीको पुतला दहन गरेका छन् । मधेस प्रदेश सभामा पेश भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै युवाहरुले मुख्यमन्त्रीको पुतला दहन गरेका हुन् । प्रदेशसभा भवन अगाडी मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुतला दहन गरिएको छ । विधेयकमा मातृभाषाहरु छुटाएर आयातित भाषाहरूलाई स्थान दिइएको भन्दै आफूहरुले बिरोध स्वरुप पुतला दहन गरेको युवा फुलगेन महतोले बताए। मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधवार मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक सदनमा पेश गरेका थिए ।…

Read More

काठमाडौँ- एमाले नेता ऐेन महरविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश दिएको छ। एक महिलाले आफूमाथि महरले यौन शोषण गरेको दाबीसहित प्रहरी कार्यालयमा जोहेरी दिए पनि दर्ता नगरेको र सरकार वकिल समक्ष जाँदासमेत जोहरी दर्ता नभएपछि अनुसन्धानको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्। पीडित महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई विपक्षी बनाएकी छिन्। विभिन्न समयमा दायर भएका तीनवटा रिटमध्ये बुधबार उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले एक रिटमा जारी गर्दै जाहेरी लिएर अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिललाई परमादेश जारी गरेको हो। दुईवटा रिट भने खारेज…

Read More

भद्रपुर (झापा)- चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए। पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उनले जानकारी दिए। प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झापामा एक सय ५१ वटा लागुऔषधका मुद्दा दर्ता भइसकेको छ…

Read More

ताप्लेजुङ- यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । समितिले चालु आर्थिक वर्षको छ महिनाको भेटीघाटी तथा दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरेको छ । पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले हरेक वर्ष लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् । भेटी र दानबाट सङ्कलित रकम पाथीभराको संरक्षण, सम्वर्द्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी…

Read More