Author: खबरमञ्च

झापा- आँखाको उपचार गर्नको लागि भारतबाट मेची आँखा अस्पताल आएका एक भारतीय नागरिकको होटलमा सुतेको अवस्थामा मृत्यु भएको छ । मेची आँखा अस्पताल सैनिकमोड आएर बिर्तामोड– ३ मा बलराम खनालले संचालन गरेको आसाम भवन एण्ड लजमा कात्तिक २७ गतेबाट कोठा भाडामा लिइ बस्दै आएका देश भारत सोनिकपुरका ५६ वर्षीय रामबहादुर भुजेल ओछ्यानमै मृत अवस्थामा फेला परेका हुन् । आज बिहान ७.३० बजे भुजेल ओछ्यानमै मृत अवस्थामा रहेको उनको साथमा ५६ वर्षीय धनबहादुर लामाले जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताएका छन्। प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा यहाँ आयोजित मुख्य न्यायाधिवक्ताको छेटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यो शासन व्यवस्था स्थापना भएको १० वर्ष भएकाले यसको राम्रा र कमजोर पक्षको सिंहावलोकन गर्दै आगामी दिनको बाटो तय गर्नुपर्ने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाउँदा शान्ति सुरक्षा, विकास र जनतासँग नजिकको सम्बन्ध स्थापित हुने धारणा राखे । उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश संरचनाले पूर्वाधार विकासमा उल्लेखनीय कार्य, बेरुजु कम जस्ता उल्लेख हुनु सुखद भएको बताए । उनले संविधान संशोधन गर्दा संविधानका कमीकमजोरी हटाइ निर्वाचनमा राजनीतिक दलले…

Read More

झापा- पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले आगामी मङ्सिर ८ देखि १५ गतेसम्म महायज्ञ हुने जानकारी दिए। विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी सो पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ । उनले धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी दिए । बाला चतुर्दशीमा समापन हुने गरी आयोजना गरिने महायज्ञको पूर्वतयारीका लागि विभिन्न १९ उपसमिति गठन गरिएको छ ।…

Read More

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ । लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो । पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराईज बैंकमा भेटी खाता सञ्चालन गरेको र उक्त खाताको ‘क्यूआर कोड’मार्फत भक्तजन तथा दाताहरूले भेटी जम्मा गर्न मिल्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार आज लक्ष्मी सनराईज बैंक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले पाथीभरा क्षेत्र विकास समितिलाई क्यूआर कोड हस्तान्तरण गरे । समितिका अनुसार उक्त क्यूआर कोड तत्काल पाथीभरा मन्दिर परिसरमा राखिने छ । जसले…

Read More

काठमाडौँ – जिल्ला अदालत, काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्वमन्त्री अधिकारी आइतबार विराटनगरबाट पक्राउ परेका थिए। यसअघि उनलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। दुई दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालतमा पेश गरिएकोमा अदालतले ७ दिनको म्याद दिएको हो। सरकारको अनुमतिबिना जापान पुगेका उनलाई त्यहाँको अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएको थियो। उनीसँगै अन्य तीन जना पनि जापान पुगेपछि मानव तस्करीको आशंकामा उनीहरुलाई नेपाल फर्काइएको थियो। विवादमा परेपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए। कोशी प्रदेशसभाका सांसदसमेत रहेका उनलाई नेकपा एमालेले…

Read More

झापा- पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ। अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो। स्थानीय बजारमा मात्र होइन भारतमा पनि अलैँचीको मूल्यमा सुधार आएको व्यवसायीहरूले बताएका छन्। नेपाली अलैँचीको मुख्य बजार भारतमा साताको पहिलो दिन सोमबार नेपाली अलैँचीले मूल्य पाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताए। “आज भारतको बजारमा गुणस्तरीय अलैँचीको नेपाली मूल्य एक लाख दुई हजार कायम भएको छ। यसलाई अलैँचीको बजारमा देखिएको सुधारको सङ्केत मान्नुपर्छ,” उनले भने। तर किसानले उत्पादनले गरेको अलैंची अहिले किसानसँग छैन। उनीहरूले यस अघि नै व्यापारीलाई बेचिसकेका छन्। अहिलेको…

Read More

झापा- ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । मङ्गलबार काठमाडौँको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले मनाङेलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर…

Read More

झापा- तास खेलिरहेको अबस्थामा १४ बुङ तास र नगदसहित ७ जना जुवाडे झापाको बाह्रदशीबाट पक्राउ परेका छन् । गएराति १२.१५ बजे बाह्रदशी गाउँपालिका वडा नं. ५ फुलबारी बस्ने बर्ष अन्दाजी ४२ का धर्मेन्द्र साहको घरमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा नगद ८४हजार ६७० रुपैयाँ , ३ थान मोबाइल फोन र १४ बुङ ताससहित ७ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ५ बस्ने घरधनी धर्मेन्द्र साह, वडा नं ४ बस्ने अन्दाजी बर्ष ३९ का भुजकर आलम, वडा नं ५ बस्ने अन्दाजी बर्ष ४५…

Read More

काठमाडौँ- कप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ र बलिङसँगै यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको हो । केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन् । नेपालबाट एउटै खेलमा शतक प्रहार तथा पाँच विकेट लिने पहिलो खेलाडी बन्दै उनले इतिहाससमेत रचेकी छिन् । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २०…

Read More

काठमाडौँ- कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौँ ल्याएको थियो । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।

Read More