झापा- तास खेलिरहेको अबस्थामा १४ बुङ तास र नगदसहित ७ जना जुवाडे झापाको बाह्रदशीबाट पक्राउ परेका छन् ।
गएराति १२.१५ बजे बाह्रदशी गाउँपालिका वडा नं. ५ फुलबारी बस्ने बर्ष अन्दाजी ४२ का धर्मेन्द्र साहको घरमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
त्यसक्रममा नगद ८४हजार ६७० रुपैयाँ , ३ थान मोबाइल फोन र १४ बुङ ताससहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ५ बस्ने घरधनी धर्मेन्द्र साह, वडा नं ४ बस्ने अन्दाजी बर्ष ३९ का भुजकर आलम, वडा नं ५ बस्ने अन्दाजी बर्ष ४५ का तजयमुल हुसेन, वडा नं ४ बस्ने अन्दाजी बर्ष ३६ का भोला सहनी, सोही ठाउँ बस्ने अन्दाजी बर्ष ३९ का कमल देबनाथ गणेश, हल्दिबारी गाउँपालिका वडा नं. १ बस्ने अन्दाजी बर्ष ३४ का सरल राई र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५७ का जगदिश चौधरी रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।