झापा- आँखाको उपचार गर्नको लागि भारतबाट मेची आँखा अस्पताल आएका एक भारतीय नागरिकको होटलमा सुतेको अवस्थामा मृत्यु भएको छ ।
मेची आँखा अस्पताल सैनिकमोड आएर बिर्तामोड– ३ मा बलराम खनालले संचालन गरेको आसाम भवन एण्ड लजमा कात्तिक २७ गतेबाट कोठा भाडामा लिइ बस्दै आएका देश भारत सोनिकपुरका ५६ वर्षीय रामबहादुर भुजेल ओछ्यानमै मृत अवस्थामा फेला परेका हुन् ।
आज बिहान ७.३० बजे भुजेल ओछ्यानमै मृत अवस्थामा रहेको उनको साथमा ५६ वर्षीय धनबहादुर लामाले जानकारी गराएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box