Author: खबरमञ्च
झापा- प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको राजा क्लब आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । गत वर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा हराएको राजा क्लब बैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो । बाइमा रहेको जिटिए दार्जिलिङ पहिलोपटक झापाली मैदानमा खेल्दैछ । यसअघि मंसिर अन्तिम साता इलाम गोल्डकपमा सहभागी भएको जिटिए एनआरटी काठमाडौँसँग पहिलो खेलमै पराजित भएको थियो । प्रतियोगिताको विजेताले…
झापा- झापा र मोरङमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । सोमबार दिउँसो ४ः३० बजे मेचीनगर –६ पुरानो मेची पुलमा २ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित बुद्धशान्ति गाउँपालिका वडा न.२ बस्ने २१ वर्षीय प्रजित तामाङ पक्राउ परेका हुन् । शंका लागेर चेकजाँच गर्दा उनले मुखमा राखी लुकाई ल्याउँदैं गरेको अबस्थामा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै सोमबार दिउँसो ३.१० बजे मोरङ रंगेली नगरपालिका ७ शुक्रबारेस्थित इसान्त फार्मेसीका संचालक १ वर्षीय संजयकुमार मण्डल लागुऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोली तथा…
झापा- मोरङको सुनबर्षीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८.२० बजे सुनबर्षी– ५ भेरुवाथानस्थित हुलाकी सडकखण्ड हुँदै बेलडाँगीतर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रकले रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको को ४ प १८२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी– ९ बालुबारी बस्ने २६ वर्षीय सुबचन ऋषिदेव गम्भीर घाइते भएका थिए । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वको टोलीले घाइतेलाई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पताल राखिएको र ट्रक चालक जहदा गाउँपालिका –४ रामचोक बस्ने २९ वर्षीय…
झापा- उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पुर्याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो । सलहेशको लागि…
झापा- आयोजक झापा ११ फुटबल क्लब झापा कप नकआउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। फिनिसिङमा तालमेल नमिल्दा झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको हो । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ । क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ । राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो ।…
झापा- दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिता माघ ११ गतेदेखि सुरु हुने भएको छ। माघ ११ गते हुने उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका भिड्ने भएका छन्। शनिवार प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति-३ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुने प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ । त्यस्तै, माघ १२ गते कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्दा…
झापा- झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए । आर्मीका लागि अर्काे गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर…
झापा- मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालको सञ्चालक संस्था पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १२ बार्षिक साधारण सभाले अस्पताललाई तीन विधामा उत्कृष्ट बनाउने लक्ष्यका साथ काम गर्ने निर्णय गरेको छ। ‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा, उत्कृष्ट संस्था बनाउने हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित झापाको बिर्तामोडमा शनिवार आयोजना गरिएको साधारण सभाले अस्पताल सेवा, शैक्षिक कार्यक्रम तथा खोज-अनुसन्धान केन्द्र (रिसर्च सेन्टर)लाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको हो। मनमोहन अस्पतालको पाँच तले अत्याधुनिक भवन ९२ करोड रुपैयाँको लागतमा आगामी तीन बर्षभित्र निर्माण गर्ने सभाले निर्णय गरेको छ। जस्का लागि शेयर पुँजी बढाउने, ऋण लिने तथा अनुदानको प्रयास गरिने निर्णय भएको समितिका सदस्य सचिव…
झापा- झापा कपको खेलतालिका सार्वजनिक गरिएको छ । खेलतालिका अनुसार झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी क्लब र मोरङको एलएक्स सीआइटी फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । झापा–११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको खेलतालिका डोमालाल राजबंशी रंगशालामा सार्वजनिक गरिएको हो । यही मंसिर २९ गतेदेखि झापा कप हुँदैछ । प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा ब्वाईज…
झापा- नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखा पालुङटार नगरपालिका वडा न. ७ घर भई हाल जिल्ला तनहुँ ब्यास नगरपालिका वडा न. १४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका वडा न. ७ कातिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलिप भट्टराई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा मंसिर २५ गते पक्राउ गरी बिहीवार झापा जिल्ला अदालतबाट ९ दिन म्याद मिलान गरी इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला…