Author: खबरमञ्च
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरूका लागि आर्जनको अवसर आएको बताएका छन्। उनले नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू रहेका र अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएका बताएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन् । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने ओलीले विश्वास गरेका छन्।
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। शनिवार राष्ट्रनिर्माता शाहको सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गरेका हुन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर उनले पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरे । पृथ्वी जयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले नेपाली काँग्रेस र एमालले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्नसक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताए । उनले यस पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली…
झापा- राष्ट्रिय भाक्का दिवसलाई झापाका पालिकाहरूलेसमेत मनाउने भएका छन् । भाक्का दिवसका दिन सार्वजनिक विदा दिँदै आएका जिल्लाका पालिकाहरूले कार्यक्रम आयोजना गर्न लागेका हुन् । गत वर्ष झापाका तीन पालिकाले विदा दिएका थिए । आदिवासी राजवंशी समुदायको बिशेष खाजाको परिकारको रुपमा लिइने भाक्का अर्थात भाक्काको प्रवर्द्धनका लागि हरेक बर्ष पुस २९ गते झापामा उत्सवको रुपमा मनाइने भाक्का दिवसको अवसर पारेर कचनकवल गाउँपालिका, हल्दीवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले गत वर्ष विदा दिएका थिए । यस वर्ष पनि पुस २९ गते सोमवार कचनकवल गाउँपालिकाले आठौं राष्ट्रिय भाक्का दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ भने अन्य पालिकाहरूले विदा दिने तयारी गरेका…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् । आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बरबाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा…
झापा- झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको देशकै तेस्रो लामो तथा कोशी प्रदेशको पहिलो लामो झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरिएको छ। झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको उद्घाटन गरेका हुन्। बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४७७ मिटर लम्बाइको झोलुङ्गे पुल बिहीबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। पुल उद्घाटन गर्दै सांसद शर्माले पुल आवतजावतको माध्यम मात्र नभएर स्थानीयबासी जीवन बदल्ने आफूले विश्वास लिएको बताए। अब बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ पुलले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयबासीको आशा छ।…
पोखरा- पाेखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये तीन जना धरौटी बुझाएर रिहा भएका छन् । सहकारी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई एक लाख तथा मीना र आरतीलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशलगत्तै धरौटी रकम बुझाएर उनीहरू रिहा भएका हुन् । प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले ६५ लाख रुपैयाँ धराैटी लिएर रिहा गर्न आदेश दिएको छ । तर धराैटी बुझाए पनि उनी अरु जिल्लामा समेत मुद्दा भएका कारण रिहा हुने छैनन् । धरौटी बुझाएर…
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको एकल इजालसले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा आदेश दिएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्वामा बिहीबार अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका उनी कास्की प्रहरीको हिरासतमा थिए ।
झापा- गैडाको खाग र लागुऔषधसहित काँकडभिट्टाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३.३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नं.१०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागुऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो । त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ के.जी. ७०० ग्राम तौल भएको गैडाको खाग, प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोवाईल १ थान फेला परेको थियो । उनलाई नियन्त्रणमा लिइ…
झापा- नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा बुधबारदेखि कचनकवल-सगरमाथा जागरण अभियान सुरु भएको छ। नेपालको सबैभन्दा होचो भूभाग कचनकवल स्तम्भमा सो अभियान सुरु भएको हो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरूले अभियान शुभारम्भ गरेका हुन्। अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने पार्टीका झापा क्षेत्र नम्बर ३ का सचिव गीताप्रसाद भट्टराईले जानकारी दिए। अभियानको शुभारम्भ कार्यक्रममा धेरै नेता कार्यकर्ताको उपस्थिति रहेको छ। सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए। उनले संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार, जलवायु परिवर्तन…