पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको एकल इजालसले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा आदेश दिएको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्वामा बिहीबार अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका उनी कास्की प्रहरीको हिरासतमा थिए ।
Facebook Comments Box