Author: खबरमञ्च

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।

Read More

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा मंगलबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ- मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या सात दशमलव नौ प्रतिशतले वृद्धि भएको हो । प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले दिएको जानकारीअनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कूल ८७ लाख ६० हजार तीनसय दुई लाई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कूल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ मा…

Read More

झापा- बाम्फोक प्रहारबाट इलाममा एकजना घाइते भएका छन् । आइतवार राति अन्दाजी ११.३० बजे इलाम माइजोगमाई –६ प्याङ बस्ने ३८ वर्षीय चित्र गुरुङलाई सोही ठाउँ बस्ने ३५ वर्षीय फुर्साङ शेर्पाले मादक पदार्थ सेवन गरी पुरानो रिसिबीका कारण बाम्फोक प्रहार गरेका थिए । टाउको, घाँटी र देब्रे हातको बुढी औलामा चोट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ । बाम्फोक प्रहार गर्ने शेर्पा तत्काल फरार रहेकोमा खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय इलामले हिजो नियन्त्रणमा लिएको छ ।

Read More

पाँचथर- पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे । मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए ।…

Read More

झापा- झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको गाई फार्ममा आगलागी भएको छ । सोमबार दिउँसो १:१० बजे कमल– ५ पाथिभरा टोल बस्ने बिनोद खरेलले आफ्नो घरदेखि अन्दाजी ५० मिटर पूर्व संचालन गरेको लक्ष्मी पशु तथा कृषि गाई फार्ममा करेन्ट सर्ट भइ आगलागी भएको हो । आगलागीबाट खरेलको सिमेन्टको पिल्लर भएको, टिनको छानो र टिनको टाटीले बारेको गाई फार्म पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यस्तै पानी तान्ने मोटर, कुटी काट्ने मेसिन, ३५ मन मकै, ५० मन धान र पराल गरी अन्दाजी १६ लाख ५० हजारबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त आगो प्रहरी, दमक…

Read More

झापा- पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी इस्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीबन्धु, ओम्नी, वाइडबडी, नक्कली भुटानी शरणार्थी प्रकरणलाई पर्दाफास गरेरै छाड्ने चेतावनी दिएका हुन्। गिरीबन्धु टी इस्टेट आफैले हेरेको र त्यहाँका किसानहरुको मर्म बुझेको भन्दै उनले भने, ‘मेरो सुई गिरीबन्धुतिर जाँदै थियो , गिरीबन्धु भनेको केपी ओली हो भनेर बुझेर रातारात गठबन्धन तोडियो ।’ गिरीबन्धुको कुरा उठेपछि एमालेको हेडक्वार्टर तानिने अवस्था आयो र बेचन झा…

Read More

झापा- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्नुपर्ने बताएका छन्। आइतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पहिला खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राखेको भए पनि केही वर्ष यता नराखेकोप्रति असन्तुष्टि जनाए। उनले खेलकुदलाई सामाजिक उत्तरदायित्वमा राख्नसके रोजगारी सिर्जनादेखि अन्य धेरै फाइदा हुने बताए । आगामी वर्षको बजेटमा खेलकदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पहल गर्ने उनले बताए । कानून नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनीसमेत उनले दिए। खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको मन्त्री चौधरीको भनाइ छ…

Read More

झापा- इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर एकजना महिलाले आत्महत्या गरेकी छन् । आज बिहान ११ बजे इलाम माई नगरपालिका वडा नं २ डाँडागाउँ बस्ने शेरबहादुर लिम्बूकी श्रीमती अन्दाजी ४६ वर्षीया गोमा लिम्बूले ब्लेडले आफ्नै घाँटी रेटेर हत्या गरेकी हुन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी गर्दैगर्दा घरमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । उनी जण्डिसको बिरामी भएको भन्ने बुझिएको छ । दिउँसो ३ः५० बजे प्रहरी चौकी दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरी…

Read More

झापा- पाँचथरको फालेलुङमा क्रसरले हातको तीन वटा औला छिनेर एक कामदार घाइते भएका छन् । आज दिउँसो १ बजे फालेलुङ –३ हेवा खोला हाइड्रोपावरस्थित आँशु कन्स्ट्रक्सनको क्रसरमा काम गर्ने क्रममा कामदार बर्दिया गुलरिया –११ बस्ने ४१ वर्षीय तिलक थापा मगरको दाहिने हातको बिचको तीन वटा औला छिनेको हो । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि धरान लगिएको प्रहरीले जनाएको छ । यता झापाको कमल गाउँपालिका वडा न.४ स्थित रिजाल पेट्रोल पम्पमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुईजना घाइते भएका छन् । आज दिउँसो २.१० बजे रिजाल पेट्रोल पम्पस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको को.३०प.…

Read More