झापा- झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको गाई फार्ममा आगलागी भएको छ ।
सोमबार दिउँसो १:१० बजे कमल– ५ पाथिभरा टोल बस्ने बिनोद खरेलले आफ्नो घरदेखि अन्दाजी ५० मिटर पूर्व संचालन गरेको लक्ष्मी पशु तथा कृषि गाई फार्ममा करेन्ट सर्ट भइ आगलागी भएको हो ।
आगलागीबाट खरेलको सिमेन्टको पिल्लर भएको, टिनको छानो र टिनको टाटीले बारेको गाई फार्म पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यस्तै पानी तान्ने मोटर, कुटी काट्ने मेसिन, ३५ मन मकै, ५० मन धान र पराल गरी अन्दाजी १६ लाख ५० हजारबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त आगो प्रहरी, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र मोरङ उर्लाबारी नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
Facebook Comments Box
