Author: खबरमञ्च

झापा- युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ । बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । बिर्तामोड-४ को एभरेस्ट होटल एण्ड लजमा हल्दीवारी-१ गोलधापका ३० बर्षीय बेस्रा र उनको केटी साथी सुनसरीको धरान-१५ घर भइ हाल झापा बसोबास गर्दै आएकी एक युवती सो होटलमा बसेका थिए । राती खाना खाएर सुतेको समयमा बेस्रा कोठा भित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडी बेहोस भएको प्रहरीले जनाएको छ । बेस्रालाई तत्काल ती युवती र होटल सञ्चालकले उपचारका लागि अस्पताल पुर्याएका थिए । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । बेस्राको…

Read More

सिन्धुली- झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका- ५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो । मोरङको लेटाङ नगरपालिका- २ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका- ८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ५ का २८…

Read More

झापा- झापा बिर्तामोडको भद्रपुर रोडमा रहेको तेजस्वी कम्प्युटरले जापानीज ब्रान्ड पानासोनिकका होम अप्लायन्सको ‘शप इन शप’ (एसआइएस) सेवा सञ्चालनमा ल्याएको छ। झापाको बिर्तामोडमा २०७३ साल मङ्सिर २६ गतेबाट सञ्चालनमा ल्याइएको तेजस्वी कम्प्युटर सपोर्टले बिहीबारबाट जापानीज कम्पनी पानासोनिक ब्रान्डका वासिङ मेसिन, रेफ्रिजरेटर, टेलिभिजन सेटलगायत घरायसी सामान पाइने शप इन शप सेवा सञ्चालन गरेको हो। एसआइएस अर्थात तेजस्वी कम्प्युटर सपोर्ट सञ्चालन रहेका स्थानमा रहेका कोठा वा भागमा पानासोनिक कम्पनीका सामाग्रीहरू प्रदर्शन र बिक्री वितरण गर्न राखिएका छन्। सोही शप इन शपको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले गरिन्। उद्घाटन गर्दै उनले व्यवसायीहरूको प्रगतिमा आफूलाई खुशी लाग्ने बताइन्। यो वर्ष नेपालका दुईवटा…

Read More

झापा- झापाको दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति १२ बजे कनकाई नगरपालिका वडा नं. १ बिमल चौतारास्थित दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदैं गरेको मे.१० प २६२४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी २८ वर्षीय सिद्धार्थ साह र सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षीय सुमित सोनी (साह) घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा सुमितको उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा…

Read More

चितवन- चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ । बिहीवार अदालतले साहारा सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि यस्तो आदेश जारी गरेको हो । साथै अदालतले साहारा सहकारी ठगी प्रकरणमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको भन्दै ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको  चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताए। धरौटी वा जमानत दिननसके कानून बमोजिम थुनामा राख्न पनि आदेश दिएको छ । उनले भने, ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप…

Read More

झापा- ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले बताए । उनले भने, ‘पक्राउ परेका सबैजना रिहा भैसकेका छन् ।’ ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पहिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन (नानी) लाई १०…

Read More

झापा- प्रतिबन्धित लागुऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ शनिश्चरे नगरपालिका वडा नं. ६ बस्ने ३० वर्षीय इश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका छन् । हिजो साँझ ५.४० बजे मेचीनगर नगरपालिका वडा नं.६ मेची पुलमा भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदैं गरेका भुजेल दम्पत्तीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा- सवारी ज्यान मुद्धाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका– ११ आइतबारे घर भई हाल बिर्तामोड– ५ बस्ने ६० वर्षीय देउकुमार राई रहेका छन् । सवारी ज्यान मुद्धामा जिल्ला अदालत इलामको मिति २०५८ असोज १४ गतेको फैसलाले राईलाई १ बर्ष १० महिना १६ दिन कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । लुकिछिपी बस्दै आएका राईलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष प्रहरी टोलीले बुधबार साँझ ६ः३० बजे उनको आफ्नैै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।

Read More

अर्जुन प्रधान नेपाली भाषा, साहित्य, संस्कृति, र कलाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित आप्रवासी नेपाली गीतकार संघ, अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सबर्गमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गीतकार हरि उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त महोत्सवमा नेपालका वरिष्ठ चलचित्रकर्मी एवं विशिष्ट गीतकार नीर शाह प्रमुख अतिथि रहेका थिए। संस्थाका संरक्षक एवं गीतकार ज्ञानेन्द्र गदाल, नेपालबाट आएका वरिष्ठ गीतकार भुषण खरेल, डा. दामोदर पौडेल, मुकेश सिंह, साहित्यकार गंगाराम लामिटारे लगायतका व्यक्तित्वहरूको कार्यक्रममा उपस्थिति थियो। कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्ने नेपाली भाषी साहित्यकार, गीतकार, र संगीतकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महोत्सवको शुभारम्भ माता सरस्वतीको पूजा-अर्चनाद्वारा गरिएको थियो। विभिन्न…

Read More

झापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए । उनले मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेस गरिएको बताए । उनले केहीले विरोध सुरु गरेको भए पनि लोकतन्त्रमा विरोध हुनु स्वाभाविक रहेको बताए । मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह…

Read More