झापा- युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ ।
बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
बिर्तामोड-४ को एभरेस्ट होटल एण्ड लजमा हल्दीवारी-१ गोलधापका ३० बर्षीय बेस्रा र उनको केटी साथी सुनसरीको धरान-१५ घर भइ हाल झापा बसोबास गर्दै आएकी एक युवती सो होटलमा बसेका थिए ।
राती खाना खाएर सुतेको समयमा बेस्रा कोठा भित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडी बेहोस भएको प्रहरीले जनाएको छ ।
बेस्रालाई तत्काल ती युवती र होटल सञ्चालकले उपचारका लागि अस्पताल पुर्याएका थिए । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
बेस्राको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीले होटल सञ्चालक यामकुमारी उप्रेती र ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
Facebook Comments Box
