Author: खबरमञ्च
काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ। उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नाराअंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो । पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।
इटहरी- धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । चालक…
झापा- झापा जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको संजालद्वारा आयोजित पाँचौं समीक्षा बैठक तथा दिगो विकासको लक्ष्य हासिलमा स्थानीय सरकारको भूमिका विषयक छलफल कार्यक्रम वैशाख ४ र ५ गते इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीयस्थल श्रीअन्तुमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संजालका संयोजक तथा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले गरेका थिए। झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ वराल प्रमुख अतिथि रहेको कार्यक्रममा संविधानसभा सदस्य महेन्द्राकुमारी सुब्बा र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई विशिष्ट अतिथि रहेका थिए। कार्यक्रमको मूल उद्देश्य पछिल्लो एक वर्षको कार्यप्रगतिको समिक्षा गर्नुका साथै दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्तिमा स्थानीय सरकारहरूको भूमिकालाई प्रस्ट्याउँदै आगामी नीति तथा कार्यक्रम निर्माणमा साझा दृष्टिकोण…
झापा- पूर्वी सीमावर्ती झापाबाट ७६ ग्राम ६०३ मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो ३.४० बजे मेचीनगर–६ स्थित मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले शिकारी कुकुरको सहयोगमा भारतवाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३४६३ नं.को मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो। त्यसक्रममा पाँचथर कुम्मायक गाउँपालिका –३ बस्ने २९ वर्षीय अइन्द्रविक्रम खड्काले मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई ल्याएको २७ ग्राम १३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो। लागूऔषध, मोटरसाइकल र खड्कालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कार्बाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ। शुक्रबार नै कचनकवल गाउँपालिका वडा न. ६ बनियानी चोकमा…
झापा- जिल्लाको चालु आर्थिक वर्षको नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ रु १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म रु चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित रु १६ अर्ब १४ करोड ६८ लाखमध्य रु ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ”, उनले भने। समग्रमा जिल्लाको रु १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालु आवको चैत महिनासम्म रु १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व सङ्कलन…
ताप्लेजुङ- विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव आजदेखि आइतबार (५ देखि ७ गते)सम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन आज गरिने छभने तीनदिने महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधि हुनेछन् । परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा ताप्लेजुङका छ जना कञ्चनजङ्घा आरोहीलाई सम्मान गरिने छ । सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा…
भद्रपुर (झापा)- कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्गली हात्तीले गहुँबाली नोक्सान गरिदिने भएकाले गहुँबालीको विकल्पमा मकैखेती गर्न थालेको उनी बताउँछन् । “जङ्गली हात्तीले गहुँबाली घाँसका रूपमा खाइदिने भएकाले जोगाउनै मुस्किल पर्थ्यो”, ती दिनको सम्झना गर्दै स्थानीय किसान गणेशले भने, “मकैखेती गर्न थालेदेखि गहुँबालीको तुलनामा उत्पादन पनि धेरै हुनुका साथै जङ्गली हात्तीले समेत कमै मात्रामा नोक्सान पुर्याउने गरेको छ ।” सिँचाइको सुविधा हुने र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सक्यो भने एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने…
इनरुवा (सुनसरी)- सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवारका १० वटा घर जलेर नष्ट भएको थियो । जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए। स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए। आगलागीमा स्थानीय बाबुनन्द गोइतको रु एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला…
काठमाडौँ- सरकारले ऐन जारी गर्ने विश्वासिलो आधार नदिएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । बिहीबार बसेको महासंघको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो । सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाए पनि सभामुख देबराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको हो । ‘सभामुखले त्यस्तो अभिव्यक्ति दिनु भएको छ । यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा आयो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘१२ गते वर्षे अधिवेशन बोलाउनु भयो । ६–७ गते नै बोलाउन सकिन्थ्यो । यसले सरकार जिम्मेवार नभएको देखाउँछ ।’ शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बाट निर्णय गराउने भने…
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश इन्चार्ज तोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार, मधेस प्रदेशको इन्चार्जमा मनिष झा, बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी, गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल, लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य, कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।