काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् ।
सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।
उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नाराअंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।
पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।
Facebook Comments Box
