झापा- पूर्वी सीमावर्ती झापाबाट ७६ ग्राम ६०३ मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
शुक्रबार दिउँसो ३.४० बजे मेचीनगर–६ स्थित मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले शिकारी कुकुरको सहयोगमा भारतवाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३४६३ नं.को मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।
त्यसक्रममा पाँचथर कुम्मायक गाउँपालिका –३ बस्ने २९ वर्षीय अइन्द्रविक्रम खड्काले मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई ल्याएको २७ ग्राम १३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो।
लागूऔषध, मोटरसाइकल र खड्कालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कार्बाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ।
शुक्रबार नै कचनकवल गाउँपालिका वडा न. ६ बनियानी चोकमा ४९ ग्राम ५९० मिलिग्राम ब्राउनसुगरसहित कचनकवल –५ बस्ने २८ वर्षीय कासिम मिया पक्राउ परेका थिए।
कचनकवल गाउँपालिका वडा न. ६ बनियानी चोकमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उतरतर्फ आउँदै गरेको बीआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका वडा न. ५ बस्ने २८ वर्षीय कासिम मियालाई शंका लागेर चेकजाँच गरेको थियो।
त्यस क्रममा मोटरसाइकलको टुल बक्सभित्र लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ४९ ग्राम ५९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
मियालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन्।