Author: खबरमञ्च

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सहि रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिबार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले बिभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरुलाई नेपाल फर्किपछि सहज रुपमा उत्पादन लगाएतका क्षेत्रमा परिचालन गर्न सकने मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताएका हुन् । स्वदेश फर्किएका नागरिकले देश बिदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदूपयोग गर्नुपर्ने उनले बताए । ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सवै ठाँउमा एकतावद्ध भएर सामूहिक ढंगले…

Read More

कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः फ्याटी एसिड फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ । जिंक जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ, जसले गर्दा टाउको र कपाल स्वस्थ हुन जान्छ । त्यही भएर जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त खाना खाने…

Read More

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । छलफलमा कोशी प्रदेश नामाकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।

Read More

झापा । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने बताएका हुन् । नेता आङ्बोले कोशी प्रदेशमा अन्य प्रदेशको जस्तो राजनैतिक अवस्था नभएको र विशेष परिस्थिति रहेकाले सरकारबाट फिर्ता हुने तत्काल संभावना नरहेको बताए उनले कार्की नेतृत्वको सरकारलाई ६० जना सांसदको समर्थन रहेकाले वैकल्पिक सरकारबारे अहिले नै सोच्न नसकिने बताए । कोशी प्रदेशमा ४० सिटसहित एमाले बलियो छ । एमाले सरकारलाई समर्थन गरेको राप्रपाको ६ सिट छ । शुक्रबार मात्र नेकपा एमालेका अध्यक्ष…

Read More

काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनिहरुले एआईजीको फुली लगाएका थिए । कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नेछन् । हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । २०२६ चैत १५ गते जन्मिएका कुँवर २०५१ चैतमा प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेका हुन्। सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै सिंहदरवार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेका छन्।

Read More

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार आफ्नै पार्टीको नेतृत्वमा रहने बताएका छन् । झापाको बिर्तामोडमा पार्टी चलाएको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिने क्रममा ओलीले कोशी प्रदेश सरकार एमालेको ४०, राप्रपाको ६ र अर्का एकजना थप गरेर आफ्नै पार्टीको नेतृत्वमा राख्ने बताए । कहिलेकाहिँ आफ्नै पार्टीका उम्मेदवारलाई मात्र भोट नदिएर अन्य पार्टीलाई समर्थन गरेकाले अहिले आएर त्यस्को फाइदा पार्टीलाई नै भएको उनले बताए । झापाको क्षेत्र नं ३ मा एमालेकै कार्यकर्ताले नेपाली कांग्रेसबाट पैसा लिएर कांग्रेसका उम्मेदवारलाई भोट हालेको ओलीले दाबी गरे । एमाले अध्यक्ष ओलीले प्रदेश १ को नाम कोशी…

Read More

पोखरा । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् । पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार संकटमा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । केन्द्रमा माओवादीले एमालेसँगको गठबन्धन छाडेर नयाँ गठबन्धन बनाएसँगै प्रदेशमा पनि त्यसको असर देखिन थालेको हो।

Read More

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरे । करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरे । केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताए ।

Read More

काठमाडौँ । जनगणना–२०७८ अनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आज सार्वजनिक जनगणनाको अन्तिम नतिजाअनुसार काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा धेरै २० लाख ४१ हजार ५ सय ८७ छ भने सबैभन्दा कम भने मनाङ जिल्लाको ५ हजार ६ सय ५८ छ । त्यस्तै मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लामा परेका छने भने कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।

Read More

काठमाडौं। नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

Read More