पोखरा । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।
पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार संकटमा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
केन्द्रमा माओवादीले एमालेसँगको गठबन्धन छाडेर नयाँ गठबन्धन बनाएसँगै प्रदेशमा पनि त्यसको असर देखिन थालेको हो।
Facebook Comments Box
