झापा । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने बताएका हुन् ।
नेता आङ्बोले कोशी प्रदेशमा अन्य प्रदेशको जस्तो राजनैतिक अवस्था नभएको र विशेष परिस्थिति रहेकाले सरकारबाट फिर्ता हुने तत्काल संभावना नरहेको बताए
उनले कार्की नेतृत्वको सरकारलाई ६० जना सांसदको समर्थन रहेकाले वैकल्पिक सरकारबारे अहिले नै सोच्न नसकिने बताए ।
कोशी प्रदेशमा ४० सिटसहित एमाले बलियो छ । एमाले सरकारलाई समर्थन गरेको राप्रपाको ६ सिट छ ।
शुक्रबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार एमालेकै नेतृत्वमा रहने बताएका थिए ।
Facebook Comments Box
