झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार आफ्नै पार्टीको नेतृत्वमा रहने बताएका छन् ।
झापाको बिर्तामोडमा पार्टी चलाएको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिने क्रममा ओलीले कोशी प्रदेश सरकार एमालेको ४०, राप्रपाको ६ र अर्का एकजना थप गरेर आफ्नै पार्टीको नेतृत्वमा राख्ने बताए ।
कहिलेकाहिँ आफ्नै पार्टीका उम्मेदवारलाई मात्र भोट नदिएर अन्य पार्टीलाई समर्थन गरेकाले अहिले आएर त्यस्को फाइदा पार्टीलाई नै भएको उनले बताए ।
झापाको क्षेत्र नं ३ मा एमालेकै कार्यकर्ताले नेपाली कांग्रेसबाट पैसा लिएर कांग्रेसका उम्मेदवारलाई भोट हालेको ओलीले दाबी गरे ।
एमाले अध्यक्ष ओलीले प्रदेश १ को नाम कोशी राखिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिए । उनले नामप्रति असन्तुष्टि जनाउनेलाई सम्झाइबुझाइ गर्न आग्रह गरे ।
Facebook Comments Box
