Author: खबरमञ्च
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बस्नेगरि बोलाइएको हो । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजनासमेत बैठकमा पेश गर्ने तयारी छ । यसैगरी, सचिवालय प्रमुख हेमजङ गुरूङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ । बैठकमा पेस हुने सबै प्रतिवेदनहरूमाथि केन्द्रीय सदस्यहरूले…
काठमाडौं । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ७:३० बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए । ओछ्यानबाट लडेका मुकेश कहिल्यै उठेनन् । १७ वर्षदेखि उनी जीवन…
काठमाडौँ । नेकपा एमालेको चौथो केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । आजदेखि ३० गतेसम्म चल्ने बैठक झापामा बस्ने भनिएता पनि संघीय संसदमा बजेट अधिवेशन चलिरहेकाले काठमाडौँमा बस्ने भएको हो । बैठक केन्द्रीय कार्यालय, च्यासलमा विहान १० बजेबाट सुरु हुँदैछ । केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक)हरु सहभागी हुनेछन् । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ । बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका…
काठमाडौं । जसपाका सांसद सुशिला श्रेष्ठले झापाको दमकमा मंगलबार साँझ राँके जुलुस प्रदर्शनको क्रममा अनावश्यक दमन गरेका कारण झडप भएको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद श्रेष्ठले कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको आरोप लगाएकी हुन् । उनले उक्त घटनामा प्रहरीबाट १९ वटा अश्रुग्यास प्रहार, ५ राउण्ड डमी फायर र ५ राउण्ड रवर बुलेट र अन्य फायर हुँदा निर्मला बराल र गजेन्द्र फागु लिम्वु गम्भीर घाइते भएको र प्रहरीतर्फ पनि १० जना घाइते भएको बताइन् । उनले आन्दोलनलाई दमन…
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बुधबार बिहान पक्राउ परेका खाणलाई ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो। म्याद थपका लागि अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर, टेकुबाट स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो। स्वास्थ्य परीक्षणपछि सरकारी वकिल कार्यालय लगेर त्यहाँबाट अदालत पुर्याइएको थियो।
काठमाडौं। सभामुख देवराज घिमिरेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ मागेपछि सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धी अपराध रहेको भन्दै संलग्नलाई कुनै पनि हालतमा छुट दिनु नहुने बताएका थिए । उनले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्नु नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका थिए । पछिल्ला दिनमा प्रहरीले अनुसन्धान नगर्ने हो कि, प्रकरणलाई अख्तियारको जिम्मा लगाउने…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई अदालत लगिएको छ। जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो । अदालत पुर्याउनुअघि उनको स्वास्थ्य परिक्षण गरिने प्रहरीले जनाएको छ। त्यसपछि म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने प्रहरीले जनाएको छ। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले खाणलाई आज बिहान पक्राउ गरेको थियो।
काठमाडौँ। नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएक आफ्ना सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएदेखि फरार रहेका रायमाझीलाई एमालेले निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । यसअघि मंगबार बसेको सचिवालय बैठकले पनि छानबिन र अनुसन्धानमा सघाउन रायमाझीलाई निर्देशन दिएको थियो। रायमाझीविरुद्ध वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। त्यसयता रायमाझी फरार छन्। प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने पक्राउ गरिसकेको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । एमालेका सांसद रायमाझीको सातदाेबाटाेस्थित घरमा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा छापा मारेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा छापा मारेको हो ।
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले नक्कली भूटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै यसलाई निस्कर्षकमा पुर्याउनुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारकाबिरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै निर्दोष कोही फस्नु नहुने र दोषी कोही बच्नु नहुने बताए । महामन्त्री शर्माले सरकारले ल्याएको भ्रष्टाचार नियन्त्रण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हद म्यादको प्रश्ताव राख्नु शून्य सहनशीलताको नीतिसँग विरोधाभास हुने बताए…