काठमाडौँ। नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएक आफ्ना सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएदेखि फरार रहेका रायमाझीलाई एमालेले निलम्बन गरेको हो ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । यसअघि मंगबार बसेको सचिवालय बैठकले पनि छानबिन र अनुसन्धानमा सघाउन रायमाझीलाई निर्देशन दिएको थियो।
रायमाझीविरुद्ध वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। त्यसयता रायमाझी फरार छन्। प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने पक्राउ गरिसकेको छ ।
Facebook Comments Box
