काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई अदालत लगिएको छ।
जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो ।
अदालत पुर्याउनुअघि उनको स्वास्थ्य परिक्षण गरिने प्रहरीले जनाएको छ। त्यसपछि म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने प्रहरीले जनाएको छ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले खाणलाई आज बिहान पक्राउ गरेको थियो।
Facebook Comments Box
