Author: खबरमञ्च

झापा- झापा साइक्लिङ क्लबले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलोपटक ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको शुभारम्भ गरेको छ। मेचीनगर–६ काँकरभिट्टास्थित पर्यटन कार्यालय परिसरबाट सुरु भएको यस अभियानको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका हुन्। पर्यटन कार्यालय मुख्य प्रवर्तक रहेको यस कार्यक्रमले साइकलका माध्यमबाट स्थानीय क्षेत्रको प्रचार-प्रसार गर्ने लक्ष्य राखेको छ। यस अभियानअन्तर्गत सहभागीहरूले झापाका १२ वटा पालिकाहरूको भ्रमण गर्नेछन्। क्लबका सचिव हिमाल खरेलका अनुसार मेचीनगरबाट सुरु भएको यो यात्रा बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिवारी हुँदै बिर्तामोड नगरपालिका पुगेर समापन हुनेछ। यात्रामा नेपाल र भारतका गरी कुल ५० जना साइकलयात्री सहभागी छन्, जसमा तीन…

Read More

झापा- पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए । प्रहरीले पाठकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ । यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट भएका छन् । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद…

Read More

झापा– पछिल्लो समय आएको वर्षासहितको हावाहुरीले झापा जिल्लाको कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। जिल्लाभर विशेषगरी मकै बालीमा गम्भीर असर परेको छ भने अन्य हिउँदे बाली र केरा खेतीमा पनि नोक्सानी भएको छ। झापामा यस वर्ष करिब ४४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ। जसमध्ये झापा गाउँपालिकामा सबैभन्दा बढी ७ हजार हेक्टर र बाह्रदशी गाउँपालिकामा ६ हजार हेक्टरमा मकै लगाइएको तथ्यांक छ। हावाहुरीले यी क्षेत्रका किसानलाई नराम्ररी प्रभावित पारेको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार, ढिलो रोपेको मकैको तुलनामा फल्ने बेला भएको (अगुवा) मकैमा धेरै क्षति पुगेको छ। हावाहुरीले बिरुवा ढालेपछि उत्पादनमा गिरावट आउने…

Read More

झापा- झापामा गएराति आएको भीषण वर्षा र हावाहुरीका कारण रुखले थिचेर र पानीमा डुबेर गरी तीन जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुख ढल्दा हल्दीबारी गाउँपालिका-२ पाराखोपीमा १७ वर्षीया आरती राजवंशीको ज्यान गएको छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा नजिकैको आँपको रुख घरमाथि ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक रोशन खड्का र सशस्त्र प्रहरीको टोली पुगेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। डुबेर दुई जनाको मृत्यु वर्षासँगै जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जनाको डुबेर मृत्यु भएको छ। हल्दीबारी-२ का ३७ वर्षीय सुनिलराम सोरेनको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो। मजदुरी गरी…

Read More

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

Read More

झापा- झापाको हल्दीबारी गाउँपालिकामा हावाहुरीका कारण रुख ढलेर किच्दा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका वडा नं. २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति करिब ९:०० बजेको समयमा वर्षासँगै आएको तीव्र गतिको हावाहुरीले घर नजिकै रहेको आँपको रुख ढालेको थियो । रुखले आफ्नै घरमा सुतिरहेकी आरतीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । थप अनुसन्धान र सहयोगका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट पनि विशेष टोली परिचालन गरिएको छ । घटनाबारे थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा- अनुमतिविनाको चिरान काठ बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो करिव १२ बजे बिर्तामोड ३ सैनिकमोडमा चारआलीबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र–१–०१–००२ च ६५४३ नम्बरको पिकअप गाडीमा सखुवा जातको चिरान काठ फेला परेको हो । गाडीमा ६ वटा ढोका र ४ वटा झ्यालको चौखट रहेको छ । गाडीसंगै चालक हल्दिवारी १ बस्ने संजय कार्की र सहचालक विशाल लिम्बू पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Read More

काठमाडौँ- परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ । राहदानी विभागबाट प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ । नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि प्रण्णाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकाले उक्त अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी…

Read More

विर्तामोड- फागुन २१ को निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली कांग्रेस झापाले २ जिल्ला सदस्य र ३ जना क्षेत्रीय प्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले निष्कासनको कारबाही गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न बैठकपछि पार्टी सचिव कृष्ण हुमागाईले एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जानकारी दिएका छन् ।  पार्टीका जिल्ला सदस्यहरु ठमनाथ नेपाल (झापा), मुना भट्टराई (बुद्धशान्ति), क्षेत्रीय प्रतिनिधिहरु शम्भु खड्का (कनकाई), टेकनारायण संग्रौला (कनकाई), दिपिन्द्र थापा (गौरीगञ्ज) लाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख…

Read More