झापा- झापाको हल्दीबारी गाउँपालिकामा हावाहुरीका कारण रुख ढलेर किच्दा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका वडा नं. २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति करिब ९:०० बजेको समयमा वर्षासँगै आएको तीव्र गतिको हावाहुरीले घर नजिकै रहेको आँपको रुख ढालेको थियो । रुखले आफ्नै घरमा सुतिरहेकी आरतीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
थप अनुसन्धान र सहयोगका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट पनि विशेष टोली परिचालन गरिएको छ । घटनाबारे थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
