झापा- अनुमतिविनाको चिरान काठ बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो करिव १२ बजे बिर्तामोड ३ सैनिकमोडमा चारआलीबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र–१–०१–००२ च ६५४३ नम्बरको पिकअप गाडीमा सखुवा जातको चिरान काठ फेला परेको हो ।
गाडीमा ६ वटा ढोका र ४ वटा झ्यालको चौखट रहेको छ ।
गाडीसंगै चालक हल्दिवारी १ बस्ने संजय कार्की र सहचालक विशाल लिम्बू पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
Facebook Comments Box
