Author: खबरमञ्च

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। बालेन नेतृत्वको सरकारको गृहमन्त्रीमा सुधन गुरुङ रहेका छन् भने अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्। यस्तै, कानुन मन्त्रालयको जिम्मा सोविता गौतमले पाएकी छन् भने ऊर्जा मन्त्रालय विराज भक्त श्रेष्ठ, परराष्ट्र मन्त्रालय शिशिर खनाल, तथा पर्यटन मन्त्रालय गणेश पौडेलले पाएका छन्। सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल, कृषि मन्त्रालय गीता चौधरी, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुरेश लम्साललाई दिइएको छ। शिक्षा मन्त्रालय सरोज पराजुली, महिला, बालबालिका मन्त्रालय सीता बादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता र श्रम मन्त्रालय दिपक शाहले सम्हाल्ने भएका छन्। यस्तै, रक्षा,…

Read More

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता शाहलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले आजै बिहान उनलाई नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन…

Read More

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा चैत ६ देखि ८ गतेसम्म चलेको बैठकले निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पेस गरेको राजीनामालाई अस्वीकार गर्ने निर्णय गरेको हो। बैठकले सभापतिको राजीनामा अस्वीकृत गर्नुका पछाडि मुख्य आठवटा आधारहरू प्रस्तुत गरेको छ। निर्वाचनमा व्यहोरेको हारको मुख्य कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रणबाहिरका परिस्थिति रहेको बैठकको निष्कर्ष छ। वर्तमान जटिल राजनीतिक अवस्थामा थापाकै नेतृत्व आवश्यक रहेको, राजीनामाले पार्टीमा अस्थिरता र कार्यकर्ताको मनोबल गिराउने तथा ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएकाले राजीनामा…

Read More

झापा- झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईमा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानि) सहित चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सप्रनानि केदार श्रेष्ठ र स्थानीय तीन सर्वसाधारण रहेका छन्। आइतबार दिउँसो स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा रहेको चितुवालाई नियन्त्रणमा लिन खोज्दा उक्त घटना घटेको हो। डिभिजन वन कार्यालय झापासँगको समन्वयमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोलीले साँझ ६ बजेतिर चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवा एक्कासि बिच्किएर सुरक्षामा खटिएका टोलीमाथि जाइलागेको थियो। चितुवाको आक्रमणबाट सप्रनानि केदार श्रेष्ठको अनुहार, हात-खुट्टा, कान र बायाँ पाखुरामा चोट लागेको छ। उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।…

Read More

झापा — झापाको भद्रपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध ब्राउन सुगरसहित सात जनालाई नियन्त्रणमा लिएको छ । गएराति छुट्टाछुट्टै दुई स्थानमा गरिएको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध ब्यूरो इकाई काँकडभिट्टाको संयुक्त टोलीले यो सफलता प्राप्त गरेको हो । प्रहरीले पहिलो कारबाही भद्रपुर-६ स्थित श्रवण यादवको घरमा गरेको थियो । गोप्य सूचनाको आधारमा राति ९:३० बजे पुगेको प्रहरी टोलीले खानतलासी गर्दा प्लास्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । यस घटनामा संलग्न ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश…

Read More

झापा- कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ। विभागीय मूल्य-मान्यता र आदेश-निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो। डीएसपी लम्सालले फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनको कुशल नेतृत्वका कारण कुनै पनि अप्रिय घटना नभई निर्वाचन सफलतापूर्वक सम्पन्न भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जेनजी (Gen-Z) आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार खोजतलास गर्ने कार्यमा लम्साल…

Read More

​झापा- झापाको दमकमा एक कुकुरलाई चक्कु प्रहार गरी मार्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दमक नगरपालिका-६ स्थित नयाँ सब्जीलाइनमा रहेको एक मासु पसलमा कार्यरत कामदारले बिभत्स ढंगले कुकुर मारेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।​घटना विवरण अनुसार, सोमबार बिहान १०ः४० बजे दमक-७ बस्ने राजेन्द्र खड्गीले सञ्चालन गरेको ‘रत्न खसी मासु पसल’ मा पाँचथर मिक्लाजुङ-५ घर भइ हाल दमकमा डेरा गरी बस्ने १७ वर्षीय अमित नेम्बाङले कुकुरमाथि चक्कु प्रहार गरेका थिए। पसलमा राखेको खसीको आन्द्रा कुकुरले खाइदिएको भन्दै आक्रोशमा आएका नेम्बाङले चक्कुले प्रहार गर्दा कुकुरको घटनास्थलमै मृत्यु भएको थियो। कुकुर मारिएको जानकारी इलाका प्रहरी कार्यालय दमकमा प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक चन्द्रकुमारी…

Read More

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो । सोही पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो । सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

Read More

झापा- झापाको बिर्तामोडमा एक होटल कामदारमाथि छुरा प्रहार भएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ स्थित बिर्तासिटी अस्पताल नजिकै सञ्चालित ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि हिजो साँझ ६ बजे छुरा प्रहार भएको हो। दमक–७ स्थायी ठेगाना भएका लिम्बू सोही होटलमा काम गर्दै आएका थिए। घटनाको विवरण अनुसार, ‘मेरो दिदीसँग किन बोलिस्?’ भन्दै विवाद गरी उनीमाथि तरकारी काट्ने छुरा प्रहार गरिएको थियो। छुरा प्रहारबाट लिम्बूको बायाँ खुट्टाको तिघ्राको पछिल्लो भागमा चोट लागेको छ। घाइते लिम्बूको हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। छुरा प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा…

Read More

गोरखा- मनकामना मन्दिरको दर्शन गरेर फर्किएको एक विद्युतीय (ईभी) माइक्रो बस गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। उद्धारकर्ता स्थानीयले घटनास्थलबाट ७ जनाको शव निकालिएको बताएका छन्। बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको उक्त माइक्रो सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार उक्त माइक्रोमा भारतीय पर्यटकहरू सवार रहेका थिए। स्थानीय प्रत्यक्षदर्शीहरूले ७ जनाको मृत्यु भएको बताए पनि आधिकारिक रूपमा यसको पुष्टि हुन बाँकी रहेको छ। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीका साथै स्थानीय बासिन्दाहरू उद्धार कार्यमा जुटिरहेका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाउने क्रम जारी छ।…

Read More