Author: खबरमञ्च

काठमाडौं । गृहमन्त्री नारायण काजी श्रेष्ठलेआफुलाई उपहार तथा घुसको प्रलोभनमा पार्ने चेष्टा नर्गन चेतावनी दिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयबाट विदा भएर आजै गृह मन्त्रालयमा पदभार गरेका मन्त्री श्रेष्ठले मन्त्रालयका कर्मचारीसंग भने ‘म पाँचवटा क्याटागोरीको चिज खान्न, माछा मासु, रक्सी अक्लोहल खान्न, कोल्ड डिङ्क्स, चिया कफी, चिया खानु परे ग्रिन टि खान्छु अर्को, खैनी चुरोट तमाखु, पान सुपारी समेत खान्न पाँचवटा क्याटागोरीको चिज खान्न । तर मैले अहिले कामको शिलशिलामा चै अर्को चिज खान्न भन्नु पनि आवश्यक चिज छ म घुस खान्न र उपहार खान्न ।’ त्यस्तै उनले आफ्नो कामको शिलशिलामा ढिला सुस्ती नर्गन सबैलाई निर्देशन दिए । ‘अब नेपाली…

Read More

काठमाडौं । नव नियुक्त अर्थमन्त्री प्रकाश शरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधारेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार अर्थमन्त्रीको रूपमा शपथ ग्रहण गरे लगत्तै पदभार ग्रहण गर्दै उनले आर्थिक रूपमा समस्या ग्रस्त अर्थतन्त्र सुधार्ने प्रतिबद्धता जनाएका हुन् । पदभार ग्रहणका क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए । उनले भने ‘देशको अर्थतन्त्र सङ्कटमा छ र त्यसको लागी समस्या अनुसारको निर्णय लिनुपर्छ । अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ,समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ भन्ने हिसाबले काम गर्नुपर्छ।’ साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने र खर्च गर्न सक्ने क्षमता…

Read More

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

Read More

काठमाडौं । जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा गरेका छन् । जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।

Read More

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन्। शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु।’ सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे।

Read More

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि मन्त्री बन्ने भएका छन्। आफ्नो पार्टीले पाएको दुई मन्त्रालयमा प्रकाश ज्वाला र भूसाललाई पठाउने निर्णय एकीकृतले गरिसकेको छ। जसमध्ये ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालय र भुसाललाई कृषि मन्त्रालय दिने सहमति भएको छ। अहिलेसम्मको सहमतिमा कुनै परिवर्तन नभए भुसालले आजै कृषि मन्त्रीको शपथ लिनेछन्। यसअघि एमालेसहितको गठबन्धन हुँदा एमालेकी ज्वाला कुमारी साह कृषि मन्त्री थिइन्। एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो मन्त्रालय पनि आफैँसँग राेखेका थिए।

Read More

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ । शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।

Read More

काठमाडौं । सरकारले वैशाखदेखि वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीस्तरीय निर्णय गर्दै वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेका हुन् । यसअनुसार श्रम स्वीकृतका लागि अनलाइन आवेदन भर्न केन्द्रले सहजीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम प्रवक्ता डण्डुराज घिमिरले एक विज्ञप्तीमार्फत जानकारी गराएका छन् । उनका अनुसार अहिले सबै प्रकारका श्रम स्वीकृतिका लागि श्रमिकले घरबाटै आवेदन दिन…

Read More

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन्। पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले बताए। उन्मुक्तिलाई भूमि मन्त्रालय दिने सहमति भएको छ। यसअघि युवा तथा खेलकुद मन्त्रालय दिने भनिएपनि श्रेष्ठले असन्तुष्टि जनाएपछि मन्त्रालय फेरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले आजै थोरै मन्त्रीहरु थप्ने तयारी गरेका छन्। शपथ कार्यक्रम पनि आजै हुने भनिएको छ।

Read More

विराटनगर। जनता समाजवादी पार्टीका तर्फबाट पहिलो चरणकमा अशोक राई मन्त्री हुने भएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले राईको नाम प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पठाइसकेको जसपाका एक नेताले बताए। जसपालाई दिने भनिएको अर्को एक मन्त्रालयमा भने अर्को चरणमा मन्त्री नियुक्त गरिनेछ । प्रधानमन्त्री दाहालले आजै मन्त्रीपरिषद् बिस्तारको तयारी गरेका छन्। शपथ पनि आजै गर्ने भनिएको छ।

Read More