विराटनगर। जनता समाजवादी पार्टीका तर्फबाट पहिलो चरणकमा अशोक राई मन्त्री हुने भएका छन्।
पार्टी अध्यक्ष उपेन्द्र यादवले राईको नाम प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पठाइसकेको जसपाका एक नेताले बताए। जसपालाई दिने भनिएको अर्को एक मन्त्रालयमा भने अर्को चरणमा मन्त्री नियुक्त गरिनेछ ।
प्रधानमन्त्री दाहालले आजै मन्त्रीपरिषद् बिस्तारको तयारी गरेका छन्। शपथ पनि आजै गर्ने भनिएको छ।
Facebook Comments Box
