काठमाडौँ। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि मन्त्री बन्ने भएका छन्। आफ्नो पार्टीले पाएको दुई मन्त्रालयमा प्रकाश ज्वाला र भूसाललाई पठाउने निर्णय एकीकृतले गरिसकेको छ।
जसमध्ये ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालय र भुसाललाई कृषि मन्त्रालय दिने सहमति भएको छ।
अहिलेसम्मको सहमतिमा कुनै परिवर्तन नभए भुसालले आजै कृषि मन्त्रीको शपथ लिनेछन्।
यसअघि एमालेसहितको गठबन्धन हुँदा एमालेकी ज्वाला कुमारी साह कृषि मन्त्री थिइन्। एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो मन्त्रालय पनि आफैँसँग राेखेका थिए।
Facebook Comments Box
