काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन्।
पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले बताए। उन्मुक्तिलाई भूमि मन्त्रालय दिने सहमति भएको छ। यसअघि युवा तथा खेलकुद मन्त्रालय दिने भनिएपनि श्रेष्ठले असन्तुष्टि जनाएपछि मन्त्रालय फेरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले आजै थोरै मन्त्रीहरु थप्ने तयारी गरेका छन्। शपथ कार्यक्रम पनि आजै हुने भनिएको छ।
Facebook Comments Box
