Author: खबरमञ्च
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणलाई नजिर बन्ने गरि टुङगोमा पुर्याउर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनमा उनले यस प्रकरणमा दोषी कुनै पनि हालतमा उम्कन नहुने बताए । उनले भने, ‘अहिलेसम्म प्रधानमन्त्री गृहमन्त्री र सरकारले यस्लाई अगाडि बढाउँनुपर्छ भन्ने तर उनीहरु पनि दबाबमा नपरुन् । त्यसमा नागरिकले खबरदारी गर्नुपर्छ । काम गर्दा शक्ति पनि दिनुपर्छ त्यसैले नडराउ खुट्टा नकमाउ । यो काण्डलाई यसरी टुङगोमा पुर्याउ यो नजिरमा पनि बनोस् । दोषी उम्कन हुन्न ।’
काठमाडौं । अभियान्ता डा. गोविन्द केसीले शीर्ष नेताहरुले अहिले पनि दोषीलाई जोगाउने षड्यन्त्र गरिरहेको आशंका गरेका छन् । काठमाडौंको नारायणचौरमा आयोजित भ्रष्टाचार विरुद्धको प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरुले दोषिलाई जोगाउन सक्ने आशंका गरे । संचारकर्मीसंग कुरागर्दै उनले भने, ‘प्रत्येक नेताहरुलाई मैले चिनेको छु । कति पानीमा छन भन्ने मैले देखेको छु ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ । ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ’ उनले भने ।…
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले ३२ खर्ब रुपैयाँ देशबाट पलायन भएको दाबी गरेका छन् । शनिवार काठमाडौँको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले नेताहरुले देश बेचेर पैसा दुबईलगायत विभिन्न मुलुकमा राखेको दाबी गरे । उनले नेताहरुले भ्रष्टाचार गरेर ३२ खर्ब रुपैयाँ भन्दा धेरै विदेशमा राखेको जिकिर गरे । उनले भने, ‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रूपमा पेमेण्ट भएको छ । एस्कोडा ट्रेडिङ कन्सर्न भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्यालेक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ ।’ उनले नेपालमा…
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । गत बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको छ ।
काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सूची प्रकाशन गरेको हो । डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् । बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था…
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार रिहा भएका छन् । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उनको गिरफ्तारीलाई अमान्य र कानूनसम्मत नभएको बताएको छ । आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्न समेत आदेश दिएको छ । बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेटवार्ता भएको हो । बालुवाटारमा लामिछानेलाई बोलाएर प्रचण्डले सकभर आफ्नो नेतृत्वको सरकारमा आउन आग्रह गरेका छन् । सो अवसरमा प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा लामिछानेको पार्टीको सहयोगको अपेक्षा गरेका हुन् । यसमा सभापति लामिछानेले आफू सरकारमा नभए पनि प्रधानमन्त्रीले चालेको यो सही कदममा साथ दिने बताएका थिए । भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट…
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा शुक्रबार प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरू हुँदैछ । पार्टी कार्यालय च्यासलमा बिहीबार सुरू भएको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैर–भौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए । शुक्रबार बिहान सुरू हुने बैठकमा बाँकी रहेका प्रतिवेदन पेस गरी सबै प्रतिवेदनमाथि समूहगत छलफल सुरू हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिवेदनहरुमाथि मध्यान्ह १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझाव प्रस्तुत गर्ने छन् ।
काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तटस्थ भएर निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निणर्य गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका बिषयमा अदालतले गर्ने निणर्यलाई आधार मानेर आगामी दिनमा आवश्यक निणर्य गर्ने भन्दै अहिले नै बालकृष्ण खाँणलाई कारवाही गर्ने कुनै निणर्य नभएको बताए । उनले अनुसन्धानको दायरामा जो सुकै पनि आउन सक्ने बताए । यस प्रकरणका बिषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उनको भनाइ छ ।…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीति अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीतिक अत्यन्तै जटिल मोडमा पुगेको उल्लेख गरे । ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताए । अध्यक्ष ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुनसक्ने बताउँदै त्यसलाई राक्न सरकारले कठोर रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ, निष्पक्ष ढंगबाट । हामीले सरकारलाई लगातार त्यही कुरा भनिरहेका छौं ।’