काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीति अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीतिक अत्यन्तै जटिल मोडमा पुगेको उल्लेख गरे ।
ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताए । अध्यक्ष ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुनसक्ने बताउँदै त्यसलाई राक्न सरकारले कठोर रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ, निष्पक्ष ढंगबाट । हामीले सरकारलाई लगातार त्यही कुरा भनिरहेका छौं ।’
Facebook Comments Box
