काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा शुक्रबार प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरू हुँदैछ ।
पार्टी कार्यालय च्यासलमा बिहीबार सुरू भएको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैर–भौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।
शुक्रबार बिहान सुरू हुने बैठकमा बाँकी रहेका प्रतिवेदन पेस गरी सबै प्रतिवेदनमाथि समूहगत छलफल सुरू हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।
प्रतिवेदनहरुमाथि मध्यान्ह १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझाव प्रस्तुत गर्ने छन् ।
Facebook Comments Box
