काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तटस्थ भएर निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निणर्य गरेको हो ।
बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका बिषयमा अदालतले गर्ने निणर्यलाई आधार मानेर आगामी दिनमा आवश्यक निणर्य गर्ने भन्दै अहिले नै बालकृष्ण खाँणलाई कारवाही गर्ने कुनै निणर्य नभएको बताए ।
उनले अनुसन्धानको दायरामा जो सुकै पनि आउन सक्ने बताए । यस प्रकरणका बिषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उनको भनाइ छ ।
त्यस्तै बैठकमा नागरिकता बिधेयकलाई प्रमाणिकरण गर्नका लागि वातावरण बनाउने बिषयमा छलफल भएको परियारले बताए ।
