Author: खबरमञ्च
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा अन्तराष्ट्रिय शक्तिको हात नभएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिवार आयोजना गरेको ‘हाफ म्याराथन’ कार्यक्रमको अन्तक्र्रियामा उनले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान नेपाल सरकार र नेपाल प्रहरीकै सक्रियतामा अघि बढेको बताए । उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा अन्तराष्ट्रिय शक्तिको कुनै भूमिका छैन । यो नेपाल सरकार र नेपाल प्रहरीकै सक्रियता, क्षमता र पहलकमदी कारण अघि बढेको हो ।’ अन्तक्र्रिया प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी मामला अन्तराष्ट्रिय बिषय भएको हुँदा नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा उनीहरुको चासो हुन स्वभाविक रहेको बताए । अधिकांश भुटानी शरणार्थी अमेरिकाले लगेको हुँदा यस…
काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्राउ प्रकरणमा पक्राउ परेकाहरुको बयान लिन शनिवार(आज) पनि सरकारी वकिल कार्यालय काठमाडौं खुला हुने भएको छ । आइतवार अनुसन्धान प्रतिवेदन बुझिसक्नु पर्ने भएको हुँदा बयानका लागि सरकारी वकिल कार्यालय शनिवार पनि खुला हुने भएको हो । प्रहरीका अनुसार प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको बयान शनिवार हुँदैछ । उनीहरुलाई प्रहरीले बिहीवार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायधिवक्ता अच्यूतमणि नेउपानेले बयानका लागि शनिवार कार्यालय खुला रहने जानकारी दिए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजाल र शमशेर मियाँसँग बयान…
दिल्ली । भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ । यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो । सो नोट चलाउन सुरु गरेको ७ बर्षमा नै फेरी २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो । भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिँदै अब २ हजारका नोट बजारमा आउने छैनन् । बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन् । रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको…
काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले गरेको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ । नाउपाले आज जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको हो । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको भन्दै नाउपाले बन्द फिर्ता लिएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै बन्दका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नयाँ आर्थिक वर्षको बजेट प्रस्तुतलगत्तै गर्ने गरी तयारी सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ १५ गते बजेट प्रस्तुत गरेलगत्तै जेठको तेस्रो साता भारत भ्रमण गर्ने तयारी भएको हो। १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसलगत्तै भारतीय सञ्चारमाध्यममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने घोषणा गरेका थिए। प्रधानमन्त्री बनेयता उनले मिति तय भए पनि चीनमा आयोजित बोआओ फोरममा सहभागी भएका थिएनन्। बैशाखमै भारत जाने घोषणा गरेका उनी कुटनीतिक रुपमा सफल नहुँदा भ्रमण मिति सार्दै आएका छन्। परराष्ट्रमन्त्री एनपी साउदले पनि जिम्मेवारी सम्हालेलगत्तै आफ्नो पहिलो काम प्रधानमन्त्रीको भारत भ्रमणको तयारी नै रहेको बताएका थिए। प्रधानमन्त्री…
काठमाडौं । सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ, ‘रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखिनेछ । स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको छ । ‘एक टोल एक सामूहिक कृषि उत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’ कार्यक्रम अघि बढाइनेछ ।’ उनले स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहन…
काठमाडौं । सरकारले सुशासनमा कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्ष २०८० / ८१ को नीति तथा कार्यक्रम पेश गर्दै राज्यको तिन वटै तहमा विधिको शासन कायम गर्ने र मानव अधिकारको संरक्षण तथा संवद्धन गर्ने हिसावमा महत्वपूर्ण प्रगतिहरु हासिल भएको बताए । उनले आर्थिक समाजिक रुपान्तरणमा तीव्रता आउनुका साथै विकास निमार्णले गति लिन थालेको पनि उल्लेख गरे । राष्ट्रपति पौडेलले भने, ‘संविधान कार्यन्वयनको पहिलो ७ वर्षमा कोभिड १९, भूकम्प जस्ता विभिन्न प्राकृतिक प्रकोपले अर्थतन्त्रमा अनपेक्षित प्रभाव पार्यो, जस्ले आर्थिक स्थायीत्व र व्यवस्थामा चुनौती सिर्जना भयो । रुस…
काठमाडौं । सरकारले आर्थिक सूचकहरु सकारात्मक बन्दै गएको बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्ष २०८० ÷ ८१ को नीति तथा कार्यक्रम पेश गर्दै अर्थतन्त्रको अवस्था सुधारात्मक रहेको बताएका हुन् । राष्ट्रपति पौडेलले वर्तमान सरकारले छोटो अवधिमा राम्रो कामहरु गरेको उल्लेख गर्दै वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखा परेको बताए । उनले विदेशी मुद्रा सञ्चिती बढेको र बैंक व्याजदरमा तुलनात्मक सुधार भएको पनि उल्लेख गरे । विदेशमा रहेका लाखौं नेपाली समाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रकृया सुरु भएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा वाचन गर्दै राष्ट्रपति पौडलले भने,…
काठमाडौं । फ्रान्समा सञ्चालन भइरहेको २०२३ कान्स रेड कार्पेटमा ऐश्वर्यारार्यले चाँदीको कपडा लगाएकी छिन् । भारतीय अभिनेत्रीे राय कान्स फेस्टिबलमा लगाएको चाँदीकपडाको कारण अहिले चर्चामा छिन् । उनले सोफी कउचरको डिजाइनमा तयार भएको चाँदीको गाउन र कालो हुडी लगाएकी थिईन । यस पटक आफ्नी छोरी आरध्या लिएर कान्समा उपस्थित ऐश्वर्याले २००२ बाट कान्स फेस्टिबलमा डेब्यु गरेकी थिइन । यो उनको कान्स फेस्टिबलमा २१ औं उपस्थिति हो । उनको यो लुक बाहिरीएपछि उनका फ्यानहरु एकदमै खुसी देखिएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अपराधी प्रधानमन्त्री वा मन्त्री नै भएपनि छुट्न नहुने बताएका छन् । शुक्रबार काठमाडौंस्थित माईतिघर मण्डलामा आयोजित भ्रष्टाचारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी जो भएपनि सबैलाई कारवाही हुनुपर्ने बताए । उनले दोषी आफ्नै पार्टी भित्रकै भएपनि कारवाही हुने दृढता व्यक्त गरे । उनले भने, ‘प्रधानमन्त्रीले क्यान्टेन्मेन्ट घोटाला अख्तियारमा पहिला पनि मुद्दा परिसकेको छ । त्यो उजुरी परेको होईन् अख्तियार मै छ । २०६४ सालमा आएको भिडियोमा उहाँले आफैले भन्नु भएको छ । राज्यकोषले कमाउनु पर्छ हामीले पैसा खानुपर्छ भनेर भन्नु भएको थियो त मलाई प्रधानमन्त्रीलाइै कुनै पार्टीका नेतालाई जेल हाल्नुपर्ने कुनै कारण होईन्…