काठमाडौं । सरकारले आर्थिक सूचकहरु सकारात्मक बन्दै गएको बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्ष २०८० ÷ ८१ को नीति तथा कार्यक्रम पेश गर्दै अर्थतन्त्रको अवस्था सुधारात्मक रहेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले वर्तमान सरकारले छोटो अवधिमा राम्रो कामहरु गरेको उल्लेख गर्दै वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखा परेको बताए ।
उनले विदेशी मुद्रा सञ्चिती बढेको र बैंक व्याजदरमा तुलनात्मक सुधार भएको पनि उल्लेख गरे । विदेशमा रहेका लाखौं नेपाली समाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रकृया सुरु भएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा वाचन गर्दै राष्ट्रपति पौडलले भने, ‘मन्त्रिपरिषदको पहिलो बैठकले भष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिलाई परिणाममा देखिने गरि कार्यन्वयन गर्ने सङकल्पका साथ दुर्गामी महत्वको निर्णय गरेको थियो । यो निर्णय कार्यन्वयन हुन थालेपछि राज्य र गणतन्त्र प्रति नागरिकको भरोसा एवं जागरुकता उत्साहजनक ढंगले बढेको छ । लोकतन्त्र प्रति जनताको भरोसा बढेको छ ।’
