काठमाडौं । सरकारले सुशासनमा कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्ष २०८० / ८१ को नीति तथा कार्यक्रम पेश गर्दै राज्यको तिन वटै तहमा विधिको शासन कायम गर्ने र मानव अधिकारको संरक्षण तथा संवद्धन गर्ने हिसावमा महत्वपूर्ण प्रगतिहरु हासिल भएको बताए ।
उनले आर्थिक समाजिक रुपान्तरणमा तीव्रता आउनुका साथै विकास निमार्णले गति लिन थालेको पनि उल्लेख गरे ।
राष्ट्रपति पौडेलले भने, ‘संविधान कार्यन्वयनको पहिलो ७ वर्षमा कोभिड १९, भूकम्प जस्ता विभिन्न प्राकृतिक प्रकोपले अर्थतन्त्रमा अनपेक्षित प्रभाव पार्यो, जस्ले आर्थिक स्थायीत्व र व्यवस्थामा चुनौती सिर्जना भयो । रुस युक्रेनका युद्ध जस्ता विभिन्न अन्तर्राष्ट्रिय घटनाले हाम्रो अर्थतन्त्रको क्षेत्रमा चाप सिर्जना हुनुका साथ आपूर्ति श्रृंखला समेत प्रभावित हुन पुग्यो ।’
