Author: खबरमञ्च

झापा- झापाको गौरीगञ्जमा ठूलो मात्रामा लागुऔषधसहित दुई भारतीय र एक नेपाली पक्राउ परेका छन् । बुधबार साँझ साढे पाँच बजे गौरीगञ्ज बजारस्थित हुलाकी सडकखण्डमा प्रहरीले शंका लागेर बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकललाई चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकल चालक भारत किसनगंजका १९ वर्षीय मोनाजिर आलमको मोबाइल फोनमामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने भिडियो फेला परेको थियो । सोधपुछ गर्दा आलमले उक्त लागुऔषध भोला ठाकुरसँग रहेको र संजय राईलाई दिन पठाएको बताएका थिए । लगत्तै प्रहरीले खोजतलास गर्दा गौरीगञ्ज चोक नजिकबाट भारत किसनगंजका ५८ वर्षीय भोला ठाकुरलाई पक्राउ गरेको थियो । उनको साथबाट १०२.८१० ग्राम ब्राउनसुगर, १०० वटा नाइट्राजेपाम ट्याब्लेट…

Read More

झापा- झ्यालढोका बन्द गरेर सुतेका हल्दीबारी–५, त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको हावाहुन्डरीले घर भत्काउँदा च्यापिएर मृत्यु भएको छ। गए राति करिब ११ः५० बजे आएको भीषण हावाहुन्डरीले मगरको टिनको छाना भएको एकतले घर भत्काएको थियो। घरको बिमले च्यापिएर गम्भीर घाइते भएका मगरलाई स्थानीयले उद्धार गरी बाहिर निकाले पनि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Read More

झापा- झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् ।प्रहरीले घटनास्थल सिल गरेको छ । मृतक बस्नेत अनेकौं सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंकलगायत विभिन्न प्रतिष्ठानका सञ्चालकसमेत हुन् । लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल…

Read More

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताएका छन् । शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आएलगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गरे । उनले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको बताए । उनले हल्लाखोरको पछाडि लाग्न नहुने भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता/कार्यकर्ताहरुसँग आग्रह गरे । उनले विमानस्थलमा सभापति देउवाले सरकार ढल्दैन भनेसँगै अहिले पुर्पुरोमा हात लगाएर सुस्केरा हाल्दै बस्ने गरेको बताए…

Read More

काठमाडौैँ- भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।  शनिवार नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दुतावासको अगाडि प्रदर्शन गरेको हो । आतङ्कबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा आतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै पाकिस्तानी दुतावास अघि प्रदर्शन भएको छ । उनीहरुले हिन्दुको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतंकवाद मुर्दातावाद, आतंककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।

Read More

काठमाडौँ- सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षबिहीन भएको छ। छलफललाई निरन्तरता दिने सहमति मात्र भएको वार्तामा सहभागी शिक्षक प्रतिनिधिले जनाएका छन्। शनिवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधि बीचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो । शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरुले उठाएका मागहरु पूरा हुनुपर्ने माग शिक्षकहरुले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले शिक्षक महासंघ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषयवस्तुहरु मन्त्री पन्तसँग छलफल भएको बताए। उनले बैठकले छलफल र संवादलाई निरन्तरता…

Read More

बिर्तामोड- बिर्तामोड नगरपालिका वडा नम्बर २ का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ । नगरको मेयर पकेट प्याकेज बाख्रा साटासाँट कार्यक्रम अन्तर्गत समृद्धि पूर्णिमा कृषक समूह सोमबारेका १५ जना कृषकलाई ३/३ वटाका दरले ४५ वटा बाख्रा वितरण गरिएको हो । नगर कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष किशोर पौडेलले गोलाप्रथा विधिबाट बाख्रा छनोट गरेर हस्तान्तरण गरे । नगरपालिकाले पशुपंछि तथा मत्स्य विकास शाखाबाट २०७४ सालदेखि हरेक वर्ष बाख्रा साटासाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस आर्थिक वर्षसम्म आइपुग्दा १६ वटा समूहलाई ७ सय २० वटा बाख्रा वितरण भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले…

Read More

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।

Read More

झापा- जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल कोशी प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले प्रहरी निरीक्षक पौडेलले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै २०८१ साल चैत्र महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको जनाएको छ । उनले विभागीय मूल्य–मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि झापा जिल्लाभरि चल्ने र झापा जिल्ला भई चल्ने सवारी साधनका चालक तथा परिचालकहरुको स्वास्थ्य परीक्षण (आँखा, रक्तचाप) र लागूपदार्थ सेवन…

Read More

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । भट्टराईको राजीनामा पत्र आइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। २० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला भट्टराईको राजीनामा आएको हो ।

Read More