काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताएका छन् ।
शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आएलगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गरे ।
उनले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको बताए । उनले हल्लाखोरको पछाडि लाग्न नहुने भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता/कार्यकर्ताहरुसँग आग्रह गरे ।
उनले विमानस्थलमा सभापति देउवाले सरकार ढल्दैन भनेसँगै अहिले पुर्पुरोमा हात लगाएर सुस्केरा हाल्दै बस्ने गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको यही भूबनावटले नेपाललाई सधैँ स्वाधीन राखेको बताए।